कारोबार


जीवन बिमाबाट संकलन भयो एक खर्ब २७ अर्ब ६९ करोड शुल्क

जीवन बिमाबाट संकलन भयो एक खर्ब २७ अर्ब ६९ करोड शुल्क

नेपालखबर
जेठ १४, २०८३ बिहिबार १६:३७, काठमाडौँ

जीवन बिमा शुल्कमार्फत एक खर्ब २७ अर्ब ६९ करोड बराबरको रकम संकलन भएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण अनुसार निर्जीवन बिमा शुल्क ३२ अर्ब ५३ करोड बराबर संकलन भएको छ। 

कूल बिमा शुल्क २०८१ फागुनसम्मको तुलनामा चालु आवको फागुन मसान्तसम्म १६ दशमलव एक प्रतिशतले वृद्धि भई एक खर्ब ६० अर्ब २२ करोड बराबर पुगेको छ। गत फागुन मसान्तसम्म सक्रिय बिमालेखमध्ये जीवन बिमातर्फको सङ्ख्या एक करोड ६२ लाख ५९ हजार ८३२ र निर्जीवन बिमातर्फको सङ्ख्या २१ लाख ६८ हजार ४५ बराबर रहेको छ। 

चालू आवको फागुनसम्म जीवन बिमातर्फ एक लाख २५ हजार ८३० बिमा दाबीअन्तर्गत २६ अर्ब ८४ करोड बराबरको रकम दाबी भुक्तानी गरिएको सर्वेक्षणमा उल्लेख छ। निर्जीवन बिमातर्फ ९४ हजार २१५ बिमा दाबीअन्तर्गत १७ अर्ब ३१ करोड बराबरको रकम भुक्तानी गरिएको छ। 

बिमा क्षेत्रमा जीवन र लघु जीवन बिमातर्फ गरी १२ हजार ४३० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन्। सर्वेक्षण अनुसार २०८१ फागुनसम्म करिब चार लाख १२ हजार ४५२ अभिकर्ता अप्रत्यक्ष रोजगारीमा छन्। निर्जीवन बिमा व्यवसायको क्षति मूल्याङ्कन गर्ने एक हजार २२४ सर्भेयर र १६ पुनःबिमा अभिकर्ताले रोजगारी पाएका छन्।

सञ्चय कोषको सम्पत्ति छ खर्ब ४२ अर्ब ३५ करोड
यसैगरी गत पुससम्म कर्मचारी सञ्चय कोषको सम्पत्ति तथा दायित्व छ खर्ब ४२ अर्ब ३५ करोड बराबर पुगेको छ। सो अवधिमा सञ्चयकर्ताको सञ्चित रकम पाँच खर्ब ७८ अर्ब छ करोड बराबर छ।

कोषले विभिन्न क्षेत्रमा गरी दुई खर्ब २९ अर्ब ४९ करोड बराबरको रकम लगानी गरेको छ। यस्तै तीन खर्ब ८१ अर्ब ६१ करोड बराबरको कर्जा तथा सापटी प्रदान गरेको छ।

सर्वेक्षण अनुसार, गत पुस मसान्तसम्म नागरिक लगानी कोषको सम्पत्ति तथा दायित्व तीन खर्ब १९ अर्ब ५० करोड बराबर पुगेको छ। सो अवधिमा बचतकर्ताको सञ्चित रकम दुई खर्ब ८२ अर्ब ३७ करोड बराबर छ।

कोषले विभिन्न क्षेत्रमा एक खर्ब ९२ अर्ब ९४ करोड लगानी गरेको छ। ९१ अर्ब ५६ करोड बराबरको रकम कर्जा तथा सापटी प्रदान गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad