ad ad

कारोबार


हावा घोषणा गरेर मुलुकको विकासलाई प्रहसनको हिस्सा नबनाऔँः अर्थविद् पौडेल

हावा घोषणा गरेर मुलुकको विकासलाई प्रहसनको हिस्सा नबनाऔँः अर्थविद् पौडेल

नेपालखबर
जेठ २, २०७७ शुक्रबार ८:४५,

अर्थविद् विश्व पौडेलले हावा कुराहरु नीति तथा कार्यक्रम घोषणा गरेर हाम्रो गरिब मुलुकको विकासलाई प्रहसनको हिस्सा बनाउन नहुने बताएका छन्।

आज अपराह्न ४ बजे राष्ट्रपतिले नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै छिन्। उक्त अवसरमा गत वर्षको नीति तथा कार्यक्रमलाई उदाहरण दिँदै अहिलेको चलन सच्याउन पौडेलले आग्रह गरेका हुन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सरकारले लेखेर राष्ट्रपतिलाई दिने नीति तथा कार्यक्रम हाम्रो मुलुकका सर्वभौमसत्तासम्पन जनताले चुनेका जननिर्वाचित सांसदहरुको अगाडि सार्वजनिक रुपमा वाचन गरिन्छ। यसको गरिमा हामी सबैले राख्नुपर्छ। झूटो कुरा गर्ने, नसक्ने वाचा गर्ने गर्नुहुँदैन।’

उनले उदाहरण दिँदै दुई वर्षअघिको नीति तथा कार्यक्रममा राखिएका तीन बुँदा हेर्न समेत आग्रह गरेका छन्।
(क) गत वर्षको नीति तथा कार्यक्रमको बुँदा ५९ मा एक वर्षभित्र गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइनेछ।
(ख) बुँदा ४९ मा महत्वपूर्ण राष्ट्रिय राजमार्गहरुलाई एक्सप्रेस हाइवेको रुपमा विकास गरिनेछ।
(ग) बँदा ४१ मा पूर्व–पश्चिम राजमार्ग र रसुवागढी–काठमाडौं–वीरगञ्ज करिडोरहरुमा ७६५ केभी प्रसारण क्षमताको प्रसारणलाइन निर्माण गरिनेछ।
समय तोकेर लेखिएको (क) आज दुई वर्ष भइसक्दासम्म सञ्चालनमा आएको छैन। (ख) र (ग) को कुनै सुरुवात अत्तोपत्तो छैन। बजेट बनाउँदा पनि यस्तै हावा कुराहरु लेखेर भर्ने अहिलेको चलन सच्याउन उनले आग्रह गरेका हुन्।

‘यसरी हावा कुराहरु लेख्ने हो भने न राष्ट्रपतिको, न संसदको र न हाम्रो गरिमा रहनेछ’, उनले भनेका छन्, ‘साँच्चैको नीति तथा कार्यक्रम सुन्ने प्रतीक्षा छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .