बिहीबारदेखि बैंकका सबै शाखा नखुल्ने भएको छ। मन्त्रिपरिषदले बैंक तथा वित्तिय संस्था खुलाउने निर्णय गरे अनुसार आइतबादेखि सबै शाखा सहित सञ्चालनमा आएका बैंकहरु भोलिदेखि पुनः सिमित संख्यामा मात्रै सञ्चालन हुने भएको हो।
नेपाल राष्ट्र बैंकले कोरानो जोखिम झन् बढेको भन्दै सिमित संख्यामा मात्रै बैंकहरु खुलाउन निर्देशन जारी गरेको हो।
बैंकका शाखाहरु कुल कर्मचारीको एक तिहाबाट सञ्चालन हुँदै आएकोमा अब भने मुख्य कार्यलयहरु तथा अति आवश्यक स्थानमा मात्रै शाखा सञ्चालन गर्न दिने भएको छ।
यो भन्दा अघि वाणिज्य बैंकहरुको प्रति शाखा २० जना कर्मचारी रहन सक्ने गरि सञ्चालनको अनुमति दिइएको थियो।
प्रतिक्रिया