गएका तीन दिनमा १० हजार १ सय बढेको सुनको मूल्य आज पनि बढेको छ।
प्रतितोला ६ सय बढेर सुनको भाउ आज तीन लाख १५ हजार चारसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गएको आइतबारदेखि मंगलबारसम्म लगातार बढेको सुनको मूल्य हिजो (बुधबार) तोलाको ३ लाख १४ हजार आठसय रुपैयाँमा स्थिर थियो।
गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेको छ। चाँदीको भाउ आज तोलाको पाँच हजार सातसय २५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो।
Shares

प्रतिक्रिया