एपोलो हाइड्रोपावरले पहिलो चरणको प्राथमिक सेयर निष्कासनमा ल्याएको छ।
कम्पनीले सुरुमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि साधारण सेयर निष्कासनमा ल्याएको हो।
सोमबारबाट आवेदन दिन मिल्ने गरी कम्पनीले आयोजना प्रभावितका लागि कुल ४ लाख ७० हजार कित्ता र वैदेशिक रोजगारीमा गएकाका लागि ९४ हजार कित्ता सेयर निष्कासनमा ल्याएको हो।
कम्पनीले जारी पुँजी ४७ करोडको ३० प्रतिशत अर्थात १४ करोड १० लाख रकम बराबरको एक सय अंकित दरले १४ लाख १० हजार कित्ता सेयर निष्कासनमा ल्याउने अनुमति धितोपत्र बोर्डबाट पाएको थियो।
जसमा पहिलो चरणमा स्थानीय र वैदेशिक रोजगारीमा गएकाहरूका लागि निष्कासनमा ल्याएको हो।
स्थानीय वासिन्दाले आईपीओ न्यूनतम १० कित्तादेखि अधिकतम ४७ हजार कित्ता सम्म र वैदेशिक रोजगारीमा गएका नेपालीले अधिकतम ५४ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन फागुन २५ गतेसम्म दिन सकिनेछ।

प्रतिक्रिया