अण्डाको मूल्य बढेको छ।
नेपाल लेयर्स संघले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको हो।
आजदेखि ठूलो अण्डा प्रतिक्रेट ४२५ र मझौलाको ३७५ रुपैयाँ तोकिएको संघले जनाएको छ।
अण्डाको उत्पादन लागत बढेकाले मूल्य बढाइएको व्यवसायीको भनाई छ। अहिले प्रतिगोटा अण्डाको लागत मूल्य १९ रुपैयाँ १२ पैसा पर्ने गरेको संघको दाबी छ।
गएको माघ तेस्रो सातामा अण्डाको मूल्यमा भारी गिरावट आएको थियो।
त्यतिबेला संघले ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) रु ३७५ र मिडियम रु ३३५ कायम गरेको थियो।
उतिबेला मूल्य घट्दा निराश भएका किसानले अहिले केही राहत महसुस गरेका छन्।
123
Shares

प्रतिक्रिया