कारोबार


अस्ट्रेलियन डलर, युरो र पाउन्ड थप महँगिए, अमेरिकी डलरको मूल्य पनि बढ्यो

अस्ट्रेलियन डलर, युरो र पाउन्ड थप महँगिए, अमेरिकी डलरको मूल्य पनि बढ्यो

नेपालखबर
माघ २९, २०८२ बिहिबार ५:३, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनिमयदर बढेको छ। 

हिजो अमेरिकी डलर, कुवेती र बहराइन दिनार लगायतका मुद्राको मूल्य घटेको थियो।

आज अमेरिकी डलर १ को खरिददर १४४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४३ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १४४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १४५ रुपैयाँ २३ पैसा
 थियो। 

यही माघ १९ गते अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदरदर हालसम्मकै महँगो हो।  

त्यसैगरि आज युरो १ को खरिददर १७२ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७२ रुपैयाँ २७ पैसा छ। हिजो युरो १ को खरिददर १७२ रुपैयाँ १६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८७ पैसा थियो। 

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९९ रुपैयाँ २७ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १९८ रुपैयाँ ३८ पैसा 
 थियो। 

आज अस्ट्रेलियन डलर १ को खरिददर १०३ रुपैयाँ १३ पैसा र बिक्रीदर १०३ रुपैयाँ ५६ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ ३० पैसा र बिक्रीदर १०२ रुपैयाँ ७२ पैसा थियो। 

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४७४ रुपैयाँ  ७७ पैसा र बिक्रीदर ४७६ रुपैयाँ ७४ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४७३ रुपैयाँ  ९६ पैसा र बिक्रीदर ४७५ रुपैयाँ ९३ पैसा थियो। 

आज बहराइन दिनार १ को खरिदर ३८४ रुपैयाँ १४ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ७४ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३८३ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३८५ रुपैयाँ २३ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad