सेयर कारोबार रकम खुम्चिएको छ।
बुधबार नेप्से ०.०४ अंकले घटेर २६६२.०९ विन्दुमा रहँदा कारोबार रकम पनि ८ अर्ब ६९ करोडमा खुम्चिन पुगेको हो।
नेपाल स्टक एक्सचेन्जका अनुसार ११३ वटा सेयरको मूल्य बढेको दिन १३३ वटाको घटेको र १३ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ।
यस दिन रिडी पावरको सर्वाधिक ९.६७ प्रतिशतले बढे पनि बाँकी सेयरहरु ८.६८ प्रतिशतसम्म मात्र बढेका छन्। त्यसैगरी सुपर माई हाइड्रोपावरको सेयर सर्वाधिक ६.३९ प्रतिशतले घटेको छ।
कारोबारमा रिडी पावर अगाडि छ। कम्पनीको ६५ करोडको खरिदबिक्री भएको छ।
15
Shares

प्रतिक्रिया