आइतबारदेखि बढ्दै आएको सुनको भाउ आज पनि बढेको छ।
सुनको मूल्य आज तोलामा दुई हजार सातसय रुपैयाँ बढेर दुई लाख ८४ हजार सातसय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको यो मूल्य आजसम्मकै सबैभन्दा महँगो हो।
सोमबार सुनको मूल्य तोलामा ४२ सय बढेर तोलाको दुई लाख ८२ हजार रुपैयाँ पुगेको थियो। गएको आइतबार सुनको भाउ तोलाको ६ सय रुपैयाँ बढेको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा ६० रुपैयाँ बढेर चाँदीको भाउ आज पाँच हजार आठसय ८० रुपैयाँ पुगेको छ। चाँदीको यो मूल्य पनि हालसम्मकै सबैभन्दा महँगो हो।
561
Shares

प्रतिक्रिया