इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले आफ्ना साना घरायसी उपकरणहरूका लागि सञ्चालित सीजीको साथमा, वर्ल्डकप टिकट हातमा योजनाअन्तर्गत दोस्रो चरणको विजेता सार्वजनिक गरेको छ।
आगामी आईसीसी टी–२० पुरुष विश्वकपलाई लक्षित गर्दै ल्याइएको यस योजनामा सहभागी ग्राहकहरूमध्ये डिजिटल गोलाप्रथाद्वारा साना घरायसी उपकरणतर्फ दोस्रो चरणका लागि एक जना भाग्यशाली विजेता छनोट गरिएको कम्पनीले जनाएको छ।
यस दोस्रो चरणको डिजिटल गोलाप्रथामार्फत रत्ननगर-१, चितवन निवासी अरबिन श्रेष्ठ विजेता बन्न सफल भएको कम्पनीले जनाएको छ। श्रेष्ठले चितवनको सौराहा चोक, टाँडी स्थित टाँडी गिफ्ट कर्नरबाट सीजी ब्रान्डको ग्यास चुलो खरिद गरेका थिए।
कम्पनीका अनुसार विजेताले ५ दिने मुम्बई भ्रमणको पूर्ण प्याकेज प्राप्त गरेका छन्। यसमा काठमाडौँ-मुम्बई दुईतर्फी हवाइ टिकट, तारे होटेलमा बसाइ, खानपिन र मुम्बई सिटी टुर समावेश छ। साथै, मुम्बईको वानखेडे स्टेडियममा हुने आईसीसी टी–२० पुरुष विश्वकपअन्तर्गत नेपाली टोलीको १ खेलको टिकट समेत समावेश गरिएको छ।
Shares

प्रतिक्रिया