सामान्य अंकले बढेको सेयर बजारमा ६ अर्ब २० करोडको कारोबार भएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार १ करोड २५ लाख कित्ता बिक्रीपछि उक्त परिमाणको कारोबार भएको हो।
यस दिन सबैभन्दा बढी राधी विद्युतको २६ करोडको सेयर किनबेच भएको छ। यसबाहेक युनियन हाइड्रोपावर २३ करोड, एसवाई प्यानल २२ करोड, मञ्जुश्री फाइनान्स २१ करोड र दोर्दीखोला जलविद्युतको १९ करोडको किनबेच भएको छ।
बुधबार नेप्से भने १.५२ अंकले बढेर २६४१.४३ विन्दुमा छ भने १२५ वटा सेयरको मूल्य बढेको छ। बाँकी १२४ वटाको घटेको र ११ वटाको स्थिर छ।
आज सबैभन्दा धेरै सुपर मादी हाइड्रोको ९.९४ प्रतिशतले बढेको छ। यसबाहेक थ्रिस्टार हाइड्रो ८.२३, एनएमबी माइक्रोफाइनान्स ७.३४, गुडविल फाइनान्स ५.७३ प्रतिशतले बढेको छ।
आज गिरावट आउने सेयरहरु अधिकतम ३.३० प्रतिशतसम्मले घटेका छन्।
उपसमूहतर्फ आज वाणिज्य बैंक, जीवन बीमा, उत्पादन, माइक्रोफाइनान्स र अन्य घट्दा बाँकी बढेको नेप्सेले जनाएको छ।
Shares

प्रतिक्रिया