कारोबार


अन्तिम कारोबार दिन सेयरबजारमा यी लगानीकर्ताले कमाए

अन्तिम कारोबार दिन सेयरबजारमा यी लगानीकर्ताले कमाए

नेपालखबर
पुस २४, २०८२ बिहिबार १५:२३, काठमाडौँ

साताको अन्तिम कारोबार दिन सेयरबजार हरियो भएको छ। ४.५९ अंकले बढेर नेप्से २६४०.५४ विन्दुमा चढेको हो। 

यस दिन ४ अर्ब ९० करोडको कुल कारोबार भयो। नेपाल स्टक एक्सचेन्जका अनुसार १ करोड कित्ता बिक्रीमा यो परिमाणको कारोबार हुँदा पाँच कम्पनीका लगानीकर्ताले अधिकतम ८.१६ प्रतिशतसम्म प्रतिसेयर आम्दानी गरेका छन्। 

यस दिन १२९ वटा सेयर बढे पनि धेरै कमाउनेमा सान्भी इनर्जी अगाडि छ। कम्पनीको ८.१६ प्रतिशतले मूल्य बढ्दा लगानीकर्ताको हातमा ६० रुपैयाँ परेको छ। त्यसैगरी एसवाई प्यानल पनि ५.७१ प्रतिशतले बढेको छ। यस्तै खानीखोला हाइड्रो ४.६३, श्रीनगर एग्रिटेक ४.४२ र विकास हाइड्रोपावर ३.९० प्रतिशतले बढेको छ। 

बिहीबार ११५ वटा सेयरको मूल्य घटेका छन्। त्यसमा सबैभन्दा धेरै सुपरमादी हाइड्रोपावरको छ। कम्पनीको ३.९० प्रतिशतले सेयर मूल्य घट्दा लगानीकर्ताले २१ रुपैयाँ प्रतिसेयर नोक्सानी व्यहोरेका छन्। यसबाहेक सिटिजन्स म्युचुअल फन्ड ३.०५, इङवा हाइड्रो २.७१, गणपति लघुवित्त २.५३ र नेपाल हाइड्रो डेभलपर्स २.३५ प्रतिशतले घटेको छ। 

कारोबारमा एसवाई प्यानल २० करोडसहित अगाडि रहँदा लगानीकर्ताले बन्दीपुर केबलकार १७ करोड, सान्भी १५ करोड, सागर डिस्टिलरी १५ करोड र शिवम् सिमेन्ट १४ करोडको कारोबार भएको छ। 

अन्तिम कारोबार दिन १५ वटा सेयरको मूल्य अघिल्लो दिनकै दरमा खरिदबिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad