कारोबार


कच्चा तेल उत्पादन कम गर्ने ‘ओपेक प्लस’को निर्णय

कच्चा तेल उत्पादन कम गर्ने ‘ओपेक प्लस’को निर्णय

नेपालखबर
पुस २१, २०८२ सोमबार १४:६, काठमाडौँ

तेल निर्यात गर्ने देशहरूको सङ्गठन (ओपेक) र उसका साझेदार राष्ट्रहरू मिलेर बनेको ओपेक प्लसले मौसमी कारण देखाउँदै फेब्रुअरी र मार्च महिनामा तेल उत्पादन वृद्धि रोकिरहने निर्णय गरेको छ।

ओपेकले आइतबार जारी गरेको विज्ञप्तिमा यसबारे जानकारी दिइएको हो।

यो निर्णय साउदी अरेबिया, रूस, इराक, संयुक्त अरब इमिरेट्स, कुवेत, काजाकिस्तान, अल्जेरिया र ओमानलगायत ओपेक प्लसका सदस्य देशहरूको भर्चुअल बैठकपछि गरिएको हो। बैठकमा विश्व तेल बजारको अवस्था र आर्थिक परिदृश्यको समीक्षा गरिएको थियो ।

ओपेक प्लसका यी आठ देशहरूले अप्रिल सन् २०२५ देखि मासिक रूपमा तेल उत्पादन बढाउँदै आएका थिए।

तर, गत वर्ष नोभेम्बरको अन्त्यतिर मौसमी अवस्थालाई ध्यानमा राख्दै जनवरी, फेब्रुअरी र मार्च सन् २०२६ मा उत्पादन वृद्धि रोक्ने निर्णय गरिएको थियो ।

विज्ञप्तिअनुसार, सदस्य देशहरूले सतर्क नीति अपनाउने र बजारको अवस्थाअनुसार आवश्यक परेमा उत्पादन स्तर समायोजन गर्न पूर्ण लचिलोपन कायम राख्ने बताएका छन् ।

ओपेकले ओपेक प्लसका यी आठ देशहरूको अर्को बैठक फेब्रुअरी १ मा हुने र त्यस बैठकमा आगामी निर्णयहरू लिइने जनाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad