कारोबार


पूर्वविशिष्टको सेवा सुविधाबारे कार्यविधि बनाउने काम भइरहेको छ : अर्थमन्त्री खनाल

पूर्वविशिष्टको सेवा सुविधाबारे कार्यविधि बनाउने काम भइरहेको छ : अर्थमन्त्री खनाल

नेपालखबर
मंसिर १५, २०८२ सोमबार १३:४४, काठमाडौँ

अर्थमन्त्री रामेश्वर खनालले पूर्वविशिष्टको सेवा सुविधाबारे कार्यविधि बनाउने काम भइरहेको जानकारी दिएका छन्। 

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २९औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले पूर्व विशिष्टको सेवा सुविधाबारे कार्यविधि बनाउने काम भइरहेको बताएका हुन्।

साथै उनले निजी क्षेत्रमाथिको आक्रमणप्रति सधैँ आवाज उठाउनु पर्ने र‌ कसैले कसैलाई सडकबाट दोषी करार गर्न नमिल्ने बताए।

निजी क्षेत्रका प्रतिनिधिहरुले मुलुकलाई अन्तर्राष्ट्रिय स्तरमा उभ्याउन सक्नेगरी लगानीमा लागिरहँदा किन सधैँ हामी माथि आक्रमण भनेर कुरा उठाइरहने र त्यो आवाज उठाउनु जाहेज रहेको उनले बताए। 

‘जो सुकैले सम्पत्ति सिर्जना गरेपनि त्यो मुलुकको सम्पत्ति हो। त्यसमा सडकबाट औँला उठाएर कसैले कसैलाई दोषी करार गर्न मिल्दैन। कानुनले हेर्ने विषयहरु कानुनले हेर्छ’, उनले भने। 

यस्तै उनले यसअघि नै दायित्व सिर्जना भइसकेका कामहरु चलिरहेका र राजमार्गहरुमा पहिलेभन्दा तीव्र गतिमा काम भएकोसमेत बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad