कारोबार


अस्ट्रेलियन डलर, युरो र कुवेती दिनारको मूल्य थप घट्यो

अस्ट्रेलियन डलर, युरो र कुवेती दिनारको मूल्य थप घट्यो

नेपालखबर
मंसिर ९, २०८२ मंगलबार ५:४, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ। अस्ट्रेलियन डलर,  युरो र कुवेती दिनारको मूल्य हिजो पनि घटेको थियो। 

आज अमेरिकी डलर १ को खरिदर १४२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०८ पैसा छ। 

हिजो अमेरिकी डलर १ को खरिदर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा थियो। अमेरिकी डलरको यो मूल्य हालसम्मकै सबैभन्दा महँगो हो। 

त्यसैगरि आज युरो १ को खरिदर १६४ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६५ रुपैयाँ १३ पैसा छ। हिजो युरो १ को खरिदर १६४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६५ रुपैयाँ १८ पैसा थियो। 

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १८६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३५ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १८७ रुपैयाँ ०७ पैसा र बिक्रीदर १८७ रुपैयाँ ८६ पैसा थियो। 

आज अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ ९० पैसा र बिक्रीदर ९२ रुपैयाँ २९ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९२ रुपैयाँ १४ पैसा र बिक्रीदर ९२ रुपैयाँ ५३ पैसा थियो।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६३ रुपैयाँ ५० पैसा र बिक्रीदर ४६५ रुपैयाँ ४५ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४६४ रुपैयाँ ८३ पैसा र बिक्रीदर ४६६ रुपैयाँ ७८ पैसा थियो। 

आज बहराइन दिनार १ को खरिदर ३७७ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ५२ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३७८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३८० रुपैयाँ ५८ पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad