कारोबार

Tata MotorsTata Motors

लकडाउनको असरः बढ्यो खाद्यान्नको मूल्य


नेपालखबर
झापा, बैशाख १५

कोभिड–१९ का कारण लकडाउन गरिएसँगै झापामा अत्यावश्यक खाद्यान्नको मूल्यमा वृद्धि भएको छ।

चामल, दाल, तेल, चना, मटर, चिनीलगायतका अत्यावश्यक खाद्यान्नमा मूल्यवृद्धि भएको हो।

बिर्तामोड–४ का किराना व्यवसायी पवन राजवंशीले चामलमा प्रतिबोरा रू १०० देखि रू २०० सम्म मूल्य बढेको बताए। ‘सामान्य मन्सुली चामलमा रु १०० सम्म मूल्य बढेको छ’, उनले भने, ‘वास्मतिलगायतका चामलमा रु २०० सम्म बढेको छ।’ लकडाउनअघि प्रतिकेजी रू १२० मा पाइने मोटा मुसुरो दाल अहिले प्रतिकेजी रू १४० पुगेको उनले बताए। लकडाउनका कारण अहिले हरेक वस्तुमा मूल्य बढेको उनको भनाइ छ।

‘लकडाउनअघि यो दालमोठको होलसेलमा ९५ रुपैयाँ पर्थ्यो’ राससकर्मीलाई दालमोठको नयाँ मूल्यको बिल देखाउँदै उनले भने, ‘अहिले मैले होलसेलमै १०१ रुपैयाँमा किनेर ल्याएँ, अब कसरी बेच्नु?’

अर्का किराना व्यवसायी मनोज साहले कतिपय किराना ‘आइटम’ आफूले बेच्न छोडेको बताए। ‘होलसेलमा सबै सामानको मूल्य बढेको छ’, उनले भने, ‘आफूले मूल्य बढाएर बेच्यो भने कालोबजारी ग¥यो भन्छन् भन्ने डरले सामान नै ल्याउन छोडिएको छु, जेजति छ त्यही बिक्री गर्छु।’

होलसेल बिक्रेताले मूल्य बढाएको साना व्यवसायीको भनाइ छ। उनीहरुले भने, ‘होलसेलमा महँगोमा किन्नुपरेपछि कम मूल्यमा बेच्न सकिँदैन।’ एकातिर मूल्यवृद्धि छ भने अर्कातिर सामानको मूल्य पनि पसलै पिच्छे फरक छ। बिर्तामोड–४ की मुना बस्नेतले लकडाउनअघि रू ९०० मा ल्याउने गरेको खाने तेल रू ९३० मा किन्नुपरेको बताइन्। ‘सामान सटेज छ भन्छन्, न किन्दा पनि हुँदैन’, उनले भनिन्, ‘सबै कुरामा दाम बढेको छ।’

Bidhlabmobile bidhlab

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले बजारमा मूल्यवृद्धि भएको स्वीकार्छन्। अनुगमनका क्रममा ग्यासको बढी मूल्य लिने व्यवसायीलाई कारवाही गरिएको उनको भनाइ छ। ‘दैनिक उपभोग्य वस्तुमा केही मात्रामा मूल्य बढेको छ’, उनले भने, ‘अधिक मूल्य लिनेलाई कानूनी दायरामा ल्याएर कारवाही गर्नुपर्छ।’ अनुगमनका क्रममा जाँदा व्यापारीले मूल्य नबढाएको दाबी गर्ने र उपभोक्ताबाट बढी मूल्य लिएको गुनासो आइरहेको उनको भनाइ छ। जिल्ला प्रशासन कार्यालय झापाले बनाएको अनुगमन समितिमार्फत सातामा एक पटक अनुगमन गर्ने गरिएको उनको भनाइ छ।

जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी एवं बजार अनुगमन समितिका संयोजक राजकुमार राईले आन्तरिकरुपमा छापा मार्ने काम भइरहेको बताए। ‘कतिलाई सम्झाएका छौं, कतिपयलाई चेतावनी दिइएको छ’, उनले भने, ‘बजारमा सुधार हुँदै गएको छ।’ संकटका बेलामा भटाभट कानूनी दायरमा ल्याउन पनि समस्या रहेको उनको भनाइ छ। पसल बन्दा हुँदा उपभोक्तालाई मार पर्ने भएकाले पनि केही लचकता अपनाइएको उनले बताए। हालसम्म तीन वटा चामल मिल र करिब २० वटा किराना पसललाई कारवाही गरिएको उनले बताए। रासस

बैशाख १५, २०७७, सोमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors