ad ad

कारोबार


कोरोना संकटमा युरोपियन युनियनद्वारा नेपाललाई ९.८ अर्बको सहायता प्याकेज घाेषणा

कोरोना संकटमा युरोपियन युनियनद्वारा नेपाललाई ९.८ अर्बको सहायता प्याकेज घाेषणा

नेपालखबर
बैशाख १५, २०७७ सोमबार ११:१३,

कोरोना संक्रमण महामारीको असर न्यूनीकरण गर्दै यो समस्या सामना गर्न युरोपियन युनियन (ईयू) ले नेपाललाई ९.८ अर्ब रुपैयाँको सहायता प्याकेज दिने भएको छ।

यो सहयोगमा युनियनको विद्यमान प्रतिबद्धतालाई समेत सो कोषमै जोडेर नेपाल बजेटरी सहायताकै रुपमा नेपाल सरकारले खर्च गर्न पाउने गरी प्रदान गरिने युनियनले बताएको छ।

‘कठीन अवस्थामा युरोपियन युनियन नेपालको एउटा विश्वसनीय मित्र तथा साझेदारको रुपमा रहँदै आएको छ,’ नेपालका लागी ईयूकी राजदूत भेरोनिका कोडीद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो सहयोगले सरकारलाई यो संकट सामना गर्न सहयोग पुग्नेछ र यसबाट सबैभन्दा जोखिममा रहेका व्यक्तिहरुमाथिको खतरा कम हुनेछ भन्ने हाम्रो आशा छ।’

उनले अन्तर्राष्ट्रिय सहयोगको महत्व यतिबेला झनै बढेको बताएकी छन्।

आफ्ना साझेदारहरुलाई कोरोना भाइरस रोकथाम तथा आर्थिक गतिबिधि सुचारु गर्न सहयोग गर्नका लागि ईयूले आफ्ना सदस्यराष्ट्रहरु, युरोपेली वित्तीय संस्थाहरु लगायतसँग स्रोतहरु जुटाएर २० अर्ब युरोको कोष व्यवस्था गरेको छ।

नेपालमा ईयूले प्रदान गर्न लागेको ९.८ अर्ब रुपियाँमध्ये ७.२ अर्ब अहिलेकै जारी सहायता प्रतिबद्धतामा २.६ अर्ब थपेर नयाँ सहायता प्याकेज घोषणा गरिएको हो।

सो सहायतालाई दुई क्षेत्रमा केन्द्रित गरिने ईयूले जनाएको छ। त्यसअन्तर्गत तत्कालको स्वास्थ्य समस्या सामना गर्न र आर्थिक गतिबिधि पुनर्जीवित गर्न सहयोग पुर्‍याइने ईयूले भनेको छ।

त्यसमा स्वास्थ्य र तयारीका कार्यक्रममा सरकारलाई सहयोग गर्न १.६ अर्ब रुपैयाँ उपलब्ध गराइनेछ।

हाल नेपाल सरकारले संक्रमितलाई पत्ता लगाउने (ट्रेस), तिनलाई छुट्याउने र भाइरसको उपचार गर्ने बिधिले हालसम्म स्वास्थ्य संकटलाई नियन्त्रणमा राख्न सफल भएको तर यसका कारण अर्थतन्त्रमा भने अन्य देशहरुमा जस्तै नेपालमा पनि नकारात्मक असर पर्ने उसले बताएको छ।

‘यस्तो अवस्थामा अर्थतन्त्र र रोजगारीको मागलाई चलायमान बनाउनका लागि मानिसहरुको आयमा वृद्धि गर्ने, रोजगारीमा निरन्तरता दिने र जोखिममा रहेका व्यक्तिहरुको सामाजिक सुरक्षा कार्यक्रमहरुलाई विस्तार गरी आर्थिक पनर्उत्थान गर्न सकिने कुरामा युरोपियन युनियन विश्वास गर्छ,’ ईयूले भनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .