सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोरोनाभाइरस (कोभिड–१९) महामारीको विरुद्ध आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई रु. १ लाखको बीमालेख प्रदान गरेको छ।
अप्ठयारो परिस्थितिमा कम्पनीले आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई यो सुविधा उपलब्ध गरेको हो।
उक्त बीमालेख कम्पनीले आफूसँग आबद्ध कर्मचारीहरुको लागि भनेर निर्र्जीवन बीमा कम्पनी, श्री शिखर इन्स्योरेन्सबाट सामुहिक बीमा पोलिसी खरिद गरेको छ।
बीमा समितिद्वारा कोरोनाभाइरस (कोभिड–१९) बाट हुने रोगको रक्षावरण गरिने भनेर नयाँ बीमालेख जारी भएपछि सिटिजन लाइफले आफ्नो कर्मचारीलाई यो सुविधा दिने विषयमा निर्णय गरेको हो।
कोरोना लागेको पीसीआर परीक्षणमा पोजेटिभ देखिनेबित्तिकै बीमा रकम दाबी भुक्तानी लिन पाइने कम्पनीले जनाएको छ। यस बीमालेखले कर्मचारीहरुलाई एक वर्षसम्म सुरक्षा प्रदान गर्दछ ।
कम्पनीले ग्राहकलाई बीमा शु्ल्क भुक्तानीमा अझ सहज हुने गरी डिजिटल प्रविधि फोन पेमार्फत भुक्तानी गर्न सकिने व्यवस्था पनि गरेको छ।

प्रतिक्रिया