कारोबार


अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सभामा भाग लिन भारत गए मन्त्री कुलमान घिसिङ, विमानस्थलमा लिएनन् भीआईपी सुविधा

अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सभामा भाग लिन भारत गए मन्त्री कुलमान घिसिङ, विमानस्थलमा लिएनन् भीआईपी सुविधा

नेपालखबर
कात्तिक १०, २०८२ सोमबार १५:६, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास कुलमान घिसिङ सोमबार अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (इन्टरनेशनल सोलार अलायन्स-आईएसए) को आठौं सभामा भाग लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजबाट सोमबार अपराह्न भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन्।

विमानस्थलमा उनले कुनै पनि भीआईपी सुविधा नलिई भारत प्रस्थान गरेका हुन्। उनले सामान्य यात्रुसरह विमानस्थलको सेवा प्रयोग गरेका थिए। 

४० भन्दा बढी देशका मन्त्री सहभागी हुने सभा नयाँ दिल्लीमा आजदेखि १३ गतेसम्म चल्नेछ। आईएसएमा आबद्ध सदस्य राष्ट्रका ऊर्जा मन्त्रीहरू र प्रतिनिधिहरूबीच सौर्य ऊर्जा प्रवर्द्धन, दिगो ऊर्जा आपूर्ति विस्तार, जलवायु परिवर्तन न्यूनीकरणका पहल तथा सहकार्यका अवसरलगायतका विषयमा उच्चस्तरीय छलफल हुने सभामा मन्त्री घिसिङले नेपालको तर्फबाट सहभागिता जनाई सम्बोधन गर्ने कार्यक्रम छ। 

नेपालले दिगो ऊर्जा विकासका लागि सौर्य ऊर्जा उपयोग विस्तार गर्न प्रतिबद्ध रहेको र अन्तर्राष्ट्रिय सहकार्यमार्फत स्वच्छ ऊर्जाको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले यस कार्यक्रममा सहभागिता जनाएको हो। मन्त्री घिसिङले बृहत् स्तरको स्वच्छ ऊर्जा रुपान्तरणका लागि क्षेत्रीय तथा  विश्व अन्तराबद्धताको परिकल्पनाबारे सभाको विषयगत सत्रमा मुख्य/विशेष सम्बोधन गर्नेछन्।

सन् २०१५को नोभेम्बरमा पक्ष राष्ट्रले आफ्ना आवश्यकताअनुरूप सौर्य ऊर्जाको अभिवृद्धि गर्ने साझा चुनौतीलाई संयुक्त रुपमा सम्बोधन गर्ने उद्देश्य राखी आईएसएसम्बन्धी पेरिस घोषणा जारी भएको थियो।

सन् २०३० सम्ममा सौर्य ऊर्जाको व्यापक प्रयोग गरी आवश्यक पर्ने एक हजार अर्ब अमेरिकी डलरभन्दा बढी लगानी परिचालन गर्न र भविश्यमा प्रयोग हुने प्रविधि अनुकूल मार्ग निर्देश गर्नेलगायतका काम गर्न आईएसए स्थापना भएको थियो । 

आईएसएको स्थापना सम्बन्धमा संरचना सम्झौतालाई प्रतिनिधि सभाले अनुमोदन गरेपछि नेपाल १०१ औं सदस्य राष्ट्रको रुपमा २०८१ को भदौमा आईएसएमा आबद्ध भएको थियो। महासभामा सहभागी मन्त्री घिसिङ बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।

तस्बिर : मन्त्री घिसिङको सचिवालय

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad