ad ad

कारोबार


नेपालमा वेस्टर्न युनियन मनि ट्रान्सफरको सुविधा अब घर-घरमा

नेपालमा वेस्टर्न युनियन मनि ट्रान्सफरको सुविधा अब घर-घरमा

नेपालखबर
बैशाख १०, २०७७ बुधबार ७:३,

वेस्टर्न युनियन, क्रस बोर्डर र क्रस करेन्सी पैंसाको आदान प्रदान र भुतानीको अग्रणीले आज अन्नपूर्ण ट्राभल एण्ड टुर्स तथा हुलास रेमिट्यान्सले नेपालमा वेस्टर्न युनियन मनि ट्रान्सफरको होम डेलिभरी सेवा प्रवाह गर्ने घोषणा गरेको छ ।

एजेन्टहरुको होम डेलिभरी सेवाले नेपालका ग्राहकहरुलाई आफ्नो घरबाट बाहिर ननिस्की आफ्ना प्रियजनहरुले पठाएको रकम प्राप्त गर्न समर्थन गर्दछ।

सरकारले नागरिकहरुको सुरक्षाका लागि कोभिड—१९ लकडाउन र प्रतिबन्ध लागू गरेपछि अन्नपूर्ण ट्राभल एण्ड टुर्स तथाहुलास रेमिट्यान्सले उनीहरुको रकम घरमै पु¥याउने भएको छ। होम डेलिभरी सुविधा आइतबारदेखि शनिबारसम्म १० बजेबाट ४ बजेसम्म उपलब्ध हुनेछ।

‘हामी र हाम्रा एजेन्टहरुले पैसाहरु जहाँ र जहिले आवश्यक परेको स्थानहरुमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्छौं। एक उद्देश्यद्वारा सञ्चालित ग्लोबल कम्पनीको रुपमा हाम्रो जनादेश विश्वव्यापी समुदायहरुको सेवा गर्ने हो र यसको अर्थ डिजिटल्ली सक्षम समुदायलाई मात्र नभए अफलाइन समुदायहरुलाई पनि नवीनतम तरिकाले सेवा गर्नु हो । यो साझा उद्देश्य वर्तमान समयमा सत्य हो’, वेस्टर्न युनियन, ग्लोबल नेटर्वकका प्रेसिडेन्ट जीन क्लाउड फराहले भने।

“ग्राहकहरुको घर घरमा पैंसा डेलिभर गर्ने यो नयाँएजेन्ट सर्भिसको थालनीले नागरिकहरुमानगदको पहुँच पुर्‍याउँछ र बैंक खातान भएकाहरुसहित ठूलो संख्यामा ग्राहकहरुका लागि वित्तीय सेवा प्रदान गर्दछ’, फराहले थपे।

ग्राहक मार्गदर्शन
एकपटक प्रेषकद्वारा पैंसा पठाएको जानकारी प्रापकले प्राप्त गरेपछि उनीहरुलेअन्नपूर्ण ट्राभल एण्ड टुर्स वाहुलास रेमिट्यान्समा सम्पर्क गरेर नजिकैको शाखापत्तालगाउन सक्नेछन् ।

कल सेन्टरको नम्बरहरु निम्न रहेका छन्
अन्नपूर्ण ट्राभल एण्ड टुस : ०१४२२३५३०

हुलास रेमिट्यान्स : ९८५१०१९९७३

उक्त अनुरोध एजेन्टका होम डेलिभरी टिमलाई पठाइनेछ ।एजेन्टका प्रतिनिधिहरुले ग्राहकलाई सम्पर्क गरेर होम डेलिभरी प्रक्रियालाई अगाडि बढाउन परिचयपत्रको प्रतिलिपि व्हाटस्एपगर्न र सम्बन्धित सम्पूर्ण जानकारी प्रमाणित गर्न अनुरोध गर्नेछन् ।

एकपटक विवरण प्राप्त र प्रमाणित भएपछि, एजेन्ट प्रतिनिधिहरु प्रापकको घरमा रकमसहित पुग्नेछन् ।

रकम हस्तान्तरण गर्नु अगाडि, एजेन्टका प्रतिनिधिले प्रापकको सक्कली परिचयपत्रसँग प्रमाणित गर्नेछन् । सफल प्रमाणिकरण पश्चातएजेन्टको प्रतिनिधिले ट्रान्जेक्शन रिसिप्टमा हस्ताक्षर गराएर रकम हस्तान्तरण गर्नेछन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .