बिहीबार स्थिर रहेको सुनको मूल्य आज फेरि बढेको छ।
प्रतितोला दुई हजार पाँचसय रुपैयाँ बढेर सुनको मूल्य आज तोलाको दुई लाख १० हजार चारसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो सुनको हालसम्मकै सबैभन्दा उच्च मूल्य हो।
गएको शुक्रबारदेखि बुधबारसम्म लगातार बढेर उच्च मूल्यको नयाँनयाँ कीर्तिमान बनाउँदै आएको सुनको मूल्य बिहीबार भने तोलाको दुईलाख सात हजार नौसय रुपैयाँमा स्थिर थियो
आज चाँदी पनि अहिलेसम्मकै उच्च मूल्यमा किनबेच भइरहेको छ। चाँदीको मूल्य आज तोलामा १० रुपैयाँ बढेर दुई हजार चारसय ९० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
366
Shares

प्रतिक्रिया