कारोबार


एक महिनामै नेपाल घुम्न आए ८८ हजार पर्यटक

एक महिनामै नेपाल घुम्न आए ८८ हजार पर्यटक

फाइल तस्बिर


नेपालखबर
भदौ १६, २०८२ सोमबार १६:४७, काठमाडौँ

एक महिनामै ८८ हजार विदेशी पर्यटक नेपाल घुम्न आएका छन्।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको अगष्ट महिनाको तथ्यांकअनुसार ८८ हजार ६ सय ८० जना पर्यटक नेपाल भित्रिएका हुन्। जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा २२ प्रतिशतले धेरै हो।

बोर्डका अनुसार भारतबाट ३५ हजार ५ सय ५ जना पर्यटक नेपाल आउँदा चीनबाट ७ हजार ५ सय ३३ जना पर्यटक नेपाल घुम्न आएका हुन्। 
यस्तैअमेरिकाबाट ६ हजार ६८ जना नेपाल आउँदा श्रीलंकाबाट ५ हजार ९ सय ५६ जना,बंगलादेशबाट ४ हजार २ सय ६२ जना नेपाल घुम्न आएका हुन्। गएको ८ महिनाको अवधिमा ७ लाख ३६ हजार ५ सय ६२ पर्यटक भित्रिएका छन्। 

बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार क्षेत्रगत रुपमा हेर्दा दक्षिण एसियाली (सार्क) मुलकबाट ४७ हजार १ सय ३७ पर्यटक अर्थात् ५३ प्रतिशत आगमन भएको देखिन्छ भने एसियाका अन्य मुलुकमा १५ हजार ७ सय ७७ अर्थात् १७.८ प्रतिशत, युरोपबाट ११ हजार १ सय ३२ अर्थात १२.६ प्रतिशत र ओसिनियाबाट २ हजार ४३५ अर्थात २.७ प्रतिशत पर्यटक भित्रिएका छन्। 

त्यसैगरी अमेरिकाबाट ७ हजार २ सय ९३ अर्थात ८.२ प्रतिशत, मध्यपूर्वबाट ९ सय ४४ अर्थात १.१ प्रतिशत, अफ्रिकाबाट ३ सय २२ अर्थात् ०.४ प्रतिशत र अन्य मुलुकबाट ३ हजार ६ सय ४० अर्थात् ४.१ प्रतिशत पर्यटक आगमन भएको छ। 

कोरोना संक्रमण लगत्तै त्यसपछिका बर्षहरुमा पर्यटक आगवमन कम भएपछि यो क्षेत्रमा सबैभन्दा धेरै प्रभाव परेको थियो। तर गएको बर्षदेखी पर्यटक भित्रिने क्रम क्रमश: बढ्न थालेको छ। 

कोरोना महामारीले थला परेको नेपालको पर्यटन क्रमश: पुनरुत्थानको क्रममा रहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताएका छन्।

उनले भने, ‘भारतबाट एयर इण्डिया एक्सप्रेस थपिँदा पनि भारतबाट आउने पर्यटकको संख्या वृद्धि भएको देखिएको छ। अबको अवधि निरन्तर पर्यटक आगमन वृद्धि हुनेमा आशावादी छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad