नेपाल राष्ट्र बैंकले १० ठूला वाणिज्य बैंकहरुको कर्जा गुणस्तरको परीक्षणका लागि बंगलादेशी कम्पनी हउलादार युनुस एन्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्ससँग सम्झौता गरेको छ।
केन्द्रीय बैंकले झण्डै ४ करोड ४४ लाख ७४ हजार ३१६ रुपैयाँ रुपैयाँमा लेखापरीक्षणका लागि शुक्रबार सम्झौता गरेको हो।
सम्झौताअनुसार उक्त कम्पनीले ग्लोबल आईएमई, नबिल, नेपाल इन्भेस्टमेन्ट मेगा, राष्ट्रिय वाणिज्य बैंक, कुमारी, लक्ष्मी सनराइज, हिमालयन, एनएमबी, प्रभु र एनआईसी एसिया बैंकको लोन पोर्टफोलियो रिभ्यु गर्नेछ।
कम्पनीले पाँच महिनाभित्र यी बैंकहरुले लेखापरीक्षण गरिसक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको हो।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाललाई उपलब्ध गराएको विस्तारित कर्जा सुविधाका लागि १० ठूला वाणिज्य बैंकहरुको लोन पोर्टफोलियो रिभ्यु गर्नुपर्ने शर्त राखेको थियो। जसअनुसार राष्ट्र बैंकले दोस्रो पटक आह्वान गरेको टेन्डरमार्फत आर्थिक र प्राविधिक दुवै प्रस्तावबाट बंगलादेशी कम्पनी छानिएको थियो।

लेखापरीक्षणका लागि छानिएसँगै राष्ट्र बैंकले पाँच महिनाभित्र काम सक्ने गरी सम्झौतापत्रमा हस्ताक्षर गरेको हो।
कर्जा गुणस्तर परीक्षणको सम्झौता गरेको हउलादारले १०० मा ७१.३४ कुल वेटेड स्कोर प्राप्त गरेको राष्ट्र बैंकले जनाएको छ।
(*यसअघि सम्झौता रकम अन्यथा पर्न गएकाले सच्याइएको छ –सं.)
Shares

प्रतिक्रिया