कारोबार


युगान्डाको अवैतनिक वाणिज्य दूतमा उद्यमी विनय उपाध्याय नियुक्त

युगान्डाको अवैतनिक वाणिज्य दूतमा उद्यमी विनय उपाध्याय नियुक्त

नेपालखबर
भदौ ५, २०८२ बिहिबार १८:२३, काठमाडौँ

नेपालका लागि युगान्डाको अवैतनिक वाणिज्य दूतमा उद्यमी विनय उपाध्याय नियुक्त भएका छन्।

उनलाई औपचारिक रूपमा परराष्ट्र मन्त्रालयले बुधबार नियुक्ति पत्र हस्तान्तरण गरेको हो।

उपाध्याय घरजग्गा तथा आवास विकास र पर्यटन क्षेत्रमा क्रियाशील उद्यमी हुन्। व्यापार र अन्तर्राष्ट्रिय साझेदारीमा आफ्नो दूरदर्शी दृष्टिकोणका लागि परिचित उपाध्यायले नेपालको बढ्दो उद्यमशीलता परिदृश्यमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका छन्।

परराष्ट्र मन्त्रालयको नियुक्ति पश्चात उनले कृतज्ञता व्यक्त गर्दै युगान्डा र नेपालबीचको सम्बन्धलाई सुदृढ पार्न आफूले हर सम्भव प्रयास गर्ने बताए।

उनले भने, ‘म यो विशेष पहललाई पूर्ण प्रतिबद्धताका साथ लिनेछु र भविष्यमा हाम्रा दुई देशहरूबीचको द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन काम गर्नेछु।’

उनको नियुक्तिले युगान्डा र नेपालबीच व्यापार, पर्यटन, लगानी र सांस्कृतिक आदानप्रदान जस्ता क्षेत्रहरूमा गहिरो सहकार्यको लागि बाटो खोल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad