कारोबार


यी १३ वस्तुको व्यापारमा नेपालले गर्‍यो नाफा, कुनमा कति?

यी १३ वस्तुको व्यापारमा नेपालले गर्‍यो नाफा, कुनमा कति?

नेपालखबर
साउन ६, २०८२ मंगलबार १४:१५, काठमाडौँ

थेगिनसक्नु आयात र कमजोर निर्यातका बीच पनि नेपालले १३ वटा वस्तुको वैदेशिक व्यापारमा नाफा गरेको छ।

आर्थिक वर्ष २०८१/८२ मा नेपालको व्यापारघाटा १५ खर्ब २७ अर्बमा पुग्दा केही वस्तुहरुको निर्यात भने सुधारिएको हो।

यो वर्ष कफी, चिया र चियामसला, वनस्पतिबाट निर्मित वस्तुहरु, छालाजन्य कच्चापदार्थ, कोइला, कार्पेटलगायतका वस्तुहरुको व्यापारमा नेपालले नाफा गरेको तथ्यांकले देखाएको छ। 

यी वस्तुहरु व्यापारमा अघिल्लो वर्षभन्दा सुधार देखिएको छ।

भन्सार विभागका अनुसार यो वर्ष नेपालले १२ अर्ब २५ करोड रुपैयाँबराबरको कार्पेट तथा गलैँचा निर्यात गर्दा ५७ करोड ७८ लाखबराबरको मात्र आयात गरेको छ। 

यो वर्ष उक्त वस्तु व्यापारमा नेपाल ११ अर्ब ६७ करोड रुपैयाँले नाफामा छ। 

यस्तै तरकारी तथा फलफूलजन्य वस्तुहरुमा पनि नेपालको नाफा अघिल्लो वर्षभन्दा बढेको छ। 

आर्थिक वर्ष २०८१/०८२ मा कुल ७ अर्ब ७४ करोड रुपैयाँ निर्यात हुँदा २ अर्ब ३८ करोडको आयात भएको हो। यो वर्ष तरकारी तथा फलफुलको व्यापारमा नेपाल ५ अर्ब ३५ करोड रुपैयाँले नाफामा छ भने कोइलाको व्यापारमा पनि नेपाल ४ अर्बले नाफामा छ।

योबाहेकका वस्तुहरुमध्ये कफी, चिया र चियामसला, वनस्पतिद्वारा निर्मित वस्तु, फेल्टको व्यापारमा नेपाल ३ खर्बभन्दा धेरैले नाफामा देखिन्छ।

यो वर्ष नेपालले विभिन्न मुलुकमा १३ अर्बबराबरको कफी, चिया र मसला निर्यात हुँदा ४ अर्बको वनस्पतिजन्य वस्तुहरु, ५ अर्बको फेल्टबाट बनेका वस्तुहरुको निर्यात गरेको छ। 

यस्तै वाद्यवादन तथा त्यसका सामग्रीको व्यापारमा नेपाललाई ६८ करोड नाफा देखिँदा सिसाजन्य वस्तुहरुको व्यापारमा ८५ करोड, फेल्टबाट निर्मित लत्ताकपडाको व्यापारमा १७ करोड नाफा भएको छ।

यीबाहेक गत आर्थिक वर्षमा मासु र मासुजन्य वस्तुहरुमा ११ करोड, पुरातात्विक कला तथा कलात्मक वस्तुहरुको व्यापारमा २६ करोड रुपैयाँ नाफा भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad