कारोबार


हिंसापीडित महिलालाई पुनर्स्थापना गर्न ६२ करोड

हिंसापीडित महिलालाई पुनर्स्थापना गर्न ६२ करोड

नेपालखबर
जेठ १५, २०८२ बिहिबार १६:२९, काठमाडौँ

सरकारले गृहिणी महिलाको सीपलाई उपयोग गर्ने कार्यक्रम अघि बढाउने भएको छ। 

सडक बालबालिकालाई उद्धार र संरक्षणका पारिवारिक पुनर्मिलन गरिने र  बाल हेल्पलाइन सेवालाई नागरिक सेवाको रुपमा विस्तार गरिने पनि अर्थमन्त्री विष्णु पौडेलले बताएका छन्। 

परोपकार संस्थासँग सहकार्य गरिने र मानव बेचबिखन न्युनीकरण गर्न सूचना संकलनको कार्य गरिने अर्थमन्त्री पौडेलले घोषणा गरे। 

हिंसापीडित महिलाका लागि पुनस्थापना गर्न ६२ करोड विनियोजन गरेको अर्थमन्त्री पौडेलले बताए। 

महिला बालबालिका मन्त्रालयका लागि २ अर्ब ८ करोड बजेट विनियोजन गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad