कारोबार


बैंकमा व्यापारीको लगानी हुँदैमा सप्रिने र बिग्रने भन्ने हुँदैनः विनोद चौधरी

बैंकमा व्यापारीको लगानी हुँदैमा सप्रिने र बिग्रने भन्ने हुँदैनः विनोद चौधरी

नेपालखबर
जेठ १२, २०८२ सोमबार १६:५८, काठमाडौँ

नेपाली कांग्रेसका सांसद विनोद चौधरीले नेपालमा बैंकर व्यवसायी बन्न हुन्छ कि हुँदैन भन्ने बहस चर्किएको बताएका छन्।

सोमबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा सरोकारवालासँगको छलफलमा भाग लिँदै सांसद चौधरीले यस्तो बताएका हुन्। 

उनले विश्वको अर्थतन्त्र जुन रुपमा अघि बढेको छ त्यतातिर नै ध्यान दिनुपर्नेमा जोड दिए। उनले बैंक भनेको अर्थतन्त्रको इन्जिन भएको र अर्थतन्त्र चलायमान गराउन के गर्नुपर्छ भन्ने बैंकको काम भएको स्पष्ट पारे। 

सांसद चौधरीले निजी क्षेत्रको पुँजी नभएका बैंक सबैभन्दा बढी भ्रष्ट हुँदै गएको टिप्पणी गरे।

उनले भने, ‘आज यस्ता बैंकहरू पनि छन् जुन बैंकमा राम्रो स्वामित्व भएका मानिसहरू बोर्डमै बस्दैनन्। प्रोफेसनल मानिसहरू राखेर चलाइरहेका छन् र ती बैंकहरू अब्बल ढंगले चलिरहेका छन्। तर जुन बैंकमा कुनै निजी क्षेत्रका व्यापारीको पुँजी छैन तर सबैभन्दा भ्रष्ट बैंकहरु पनि तिनै छन्। आज व्यापारीको लगानी बैंकमा हुँदैमा यदि त्यो बैंक सप्रिने र बिग्रने भएको भए त्योअनुसार व्यापारी भएका बैंक एक ठाउँमा र नभएकाहरुको अर्कोतर्फ उभिनुपर्ने हो तर कथा अर्कै छ।’

उनले विगत १० वर्षको अवधिमा नयाँ उद्यमीहरु जन्माउन सरकारले ल्याएका कुनैपनि योजना सफल हुन नसकेको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad