कारोबार


गभर्नरको पहिलो निर्णय– ५० र हजार दरका नयाँ नोट छाप्ने

गभर्नरको पहिलो निर्णय– ५० र हजार दरका नयाँ नोट छाप्ने

तस्बिर : सरोज नेपाल


नेपालखबर
जेठ ७, २०८२ बुधबार १२:२१, काठमाडौँ

नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले गभर्नरको कार्यभार सम्हाल्दै नयाँ नोट छाप्नेसम्बन्धी पहिलो निर्णय गरेका छन्। 

आजै शपथ लिएका उनले बालुवाटारस्थित राष्ट्र बैंक पुगेर गभर्नरको कार्यभार सम्हालेका हुन्।

कार्यभार सुरु गरेका उनले ५० र १ हजार रुपैयाँ दरका नयाँ नोट छाप्ने पहिलो निर्णयमा हस्ताक्षर गरे। 

राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा. भागवत आचार्यका अनुसार अहिले निर्णय भए पनि आवश्यकताअनुसार मात्रै नयाँ नोट छपाइ हुन्छ। गभर्नरको पहिलो निर्णयको अर्थ नोट छपाइको प्रक्रिया अघि बढेको भन्ने हो।

यसका लागि ३ वर्ष ३ महिनासम्म समय लाग्छ। त्यसको निर्णय बोर्डले गर्छ।

सो क्रममा मौद्रिक नीति र सरकारको वित्त नीतिबीच समन्वय हुने बताउँदै गभर्नर पौडेलले सरकारको वित्त नीति कार्यान्वयनमा मौद्रिक नीतिले सघाउने प्रतिबद्धता जनाए।

(रु. ५० र १ हजार दरका नोट हुनुपर्नेमा अन्यथा पर्न गएकाले सच्याइएको छ- सं)
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad