कारोबार


छिमेकी देशमा धमाधम स्टारलिंक इन्टरनेट : बंगलादेशमा सुरु, भारतमा चाँडै

छिमेकी देशमा धमाधम स्टारलिंक इन्टरनेट : बंगलादेशमा सुरु, भारतमा चाँडै

नेपालखबर
जेठ ६, २०८२ मंगलबार १३:३८, काठमाडौँ

अमेरिकी अर्बपति इलोन मस्कको स्याटेलाइट इन्टरनेट नेपालका छिमेकी देशहरुमा धमाधम सुरु हुनथालेका छन्। 

स्टारलिंकका अनुसार बंगलादेशमा मंगलबारदेखि आफ्नो इन्टरनेट उपलब्ध भएको छ।

योसँगै दक्षिण एसियामा स्टारलिंक इन्टरनेट प्रयोग गर्ने बंगलादेश तेस्रो मुलुक बनेको छ। यसअघि नै माल्दिभ्स र भुटानमा स्टारलिंक इन्टरनेट उपलब्ध भइसकेको छ।

अब चाँडै भारतमा पनि उपलब्ध हुँदै छ। टाइम्स अफ इन्डियाका अनुसार स्टारलिंकले भारत सरकारको अनुमति पाउने अन्तिम चरणमा पुगिसकेको छ। अन्तरिक्ष विभागको भारतीय नोडल संस्था इन–स्पेसले चाँडै व्यावसायिक स्याटेलाइट ब्रोडब्यान्ड सर्भिसको अनुमति दिनलागेको छ। 

पैसा कति लाग्छ? 
बंगलादेशमा स्टारलिंकले दुईवटा इन्टरनेट प्याकेज अफर गरेको द डेलिस्टार अनलाइनले जनाएको छ। जसअनुसार स्टारलिंक रेसिडेन्सियलको प्रतिमहिना शुल्क ६ हजार टाका र रेसिडेन्सियल लाइटको प्रतिमहिना शुल्क ४ हजार २०० टाका पर्ने जनाइएको छ। 

मासिक शुल्कसँगै सुरुमा एकचोटिका लागि आवश्यक उपकरण सेटअप शुल्क ४७ हजार लाग्नेछ। दुवै प्याकेजमा ३०० एमबीपीएससम्मको गतियुक्त असीमित डेटा उपलब्ध हुनेछन्।

नेपालमा पनि आफ्नो इन्टरनेट उपलब्धताका लागि स्टारलिंकले प्रयास गरेको थियो। तर यहाँ कानुनी प्रावधानदेखि हाल सेवा दिइरहेका दूरसञ्चार सेवाप्रदायकको लगानी सुरक्षालगायत कारण देखाउँदै सरकारले तत्काल स्टारलिंक इन्टरनेट उपलब्ध गराउन नसकिने जनाएको छ। 
 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad