सांसद अमरेश कुमार सिंहले नेपालको हवाइ क्षेत्र सधैँ विवादित रहेको र कहिल्यै भ्रष्टाचारजन्य विवादबाट मुक्त हुन नसकेको बताएका छन्।
संसदमा हवाइ सेवा विधेयकबारेको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन्।
‘नेपालको कुनै पनि जहाज किन्दा त्यसमा भ्रष्टाचार नमुछिएको कुनै पनि छैन’, उनले भने, ‘वाइडबडी किन्दा पनि व्यापक भ्रष्टाचार र अनियमितता देखिएको थियो। पोखरा एयरपोर्ट बन्दा पनि व्यापक अनियमितता देखिएको छ। भैरहवा एयरपोर्ट बन्दा पनि व्यापक अनियमितता देखिएको छ। खासगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जुन अहिले विस्तारको काम भइरहेको छ। त्यसमा पनि व्यापक अनियमितता देखिएको छ।’
उनले नागरिक उड्डयन प्राधिकरण र हवाइ सेवा नेपालमा सुरुदेखि नै विवादित र समस्याग्रस्त रहेको बताए।
रेगुलेटरी बडीले गर्नुपर्नेजति काम गर्न नसकेको उनको भनाइ थियो।
‘यसको कारण के भने एउटैको हातमा डाडुपन्यु दुवै दिनु हो। नियामक पनि आफैँ सेवाप्रदायक पनि आफैँ। त्यो हुनुहुँदैन’, उनले भने।
युरोपियन युनियनले नेपाली जहाजलाई एयरस्पेस नदिएको तर कुनै पनि सरकार त्यसको कारणबारे गम्भीर नबनेको उनको आरोप छ।
Shares

प्रतिक्रिया