कारोबार


काठमाडौं फिन्टेक बन्यो नेपाल र भुटानका लागि ट्याब ग्लोबलको आधिकारिक प्रतिनिधि

एसियन बैंकर र काठमाडौं फिन्टेकबीच विशेष साझेदारी
काठमाडौं फिन्टेक बन्यो नेपाल र भुटानका लागि ट्याब ग्लोबलको आधिकारिक प्रतिनिधि

नेपालखबर
चैत १, २०८१ शुक्रबार १९:१९, काठमाडौँ

नेपाल र भुटानको बैंकिङ तथा फिन्टेक उद्योगलाई विश्वस्तरीय वित्तीय ज्ञान तथा नेटवर्कमा जोड्ने उद्देश्यले द एसियन ब्यांकर (ट्याब ग्लोबल) र काठमाडौं फिन्टेकबीच एक विशेष समझदारी पत्रमा हस्ताक्षर भएको छ।

योसँगै ट्याब ग्लोबलले काठमाडौं फिन्टेकलाई नेपाल र भुटानका लागि आफ्नो एकमात्र आधिकारिक प्रतिनिधिको रूपमा नियुक्त गरेको छ।

यसले नेपाली तथा भुटानी बैंकिङ तथा फिन्टेक प्रोफेसनललाई द एसियन ब्यांकर, द ब्यांकिङ एकेडेमी, ट्याब इन्साइट्स, वेल्थ एन्ड सोसाइटीजस्ता ग्लोबल प्लेटफर्ममा पहुँच दिलाउनेछ।

सम्झौता हस्ताक्षर गर्दै ट्याब ग्लोबलका अध्यक्ष इम्यानुएल ड्यानियलले यस साझेदारीप्रति उत्साहित रहेको बताए। 

उनले भने, ‘हामी काठमाडौं फिन्टेकसँगको यो साझेदारीप्रति निकै उत्साहित छौँ। नेपालको वित्तीय क्षेत्र डिजिटल रूपान्तरणको यात्रामा छ, र यस प्रक्रियालाई ग्लोबल नलेज एक्सचेन्ज तथा नेटवर्किङले अझ मजबुत बनाउनेछ। हामी नेपाली तथा भूटानी वित्तीय संस्थाहरूलाई विश्वस्तरीय अवसरहरू प्रदान गर्न प्रतिबद्ध छौँ।’

काठमाडौं फिन्टेकका संस्थापक सञ्जीव सुव्बाले दुवै देशका फिनटेक उद्योगकाे क्षमता विस्तारमा यसले योगदान मिल्ने उल्लेख गरे।

उनले भने, ‘नेपाल र भूटानका बैंक तथा फिन्टेक उद्योगको क्षमता अझ विस्तार गर्न ट्याब ग्लोबलजस्तो प्रतिष्ठित संस्थासँगको यो सहकार्य कोसेढुंगा साबित हुनेछ। ग्लोबल बैंकिङ अभ्यास, डिजिटल वित्तीय सेवा, तथा नवीनतम प्रविधिहरूमा नेपाली तथा भूटानी बैंकिङ प्रोफेसनल लाई जोड्ने अवसर पाउँदा हामी अत्यन्त उत्साहित छौँ।’

यस साझेदारीले नेपाल र भुटानमा ट्याब ग्लोबलका सम्मेलन तथा तालिम कार्यक्रमहरूको प्रवर्द्धन गर्ने विशेष अधिकार मिल्नेछ भने दुवै देशका बैंक तथा फिन्टेक संस्थाहरूलाई ट्याब ग्लोबलका प्रतिष्ठित अन्तर्राष्ट्रिय  कार्यक्रममा सहभागी गराउने जिम्मेवारी हुनेछ। 

साथै नेपाल र भुटानमा यसका अनुसन्धान, अन्तर्क्रिया तथा ब्रिफिङ कार्यक्रमहरू आयोजना गर्ने प्रमुख संयोजकको रूपमा काठमाडौं फिन्टेकको भूमिका हुनेछ। साझेदारीअनुसार काठमाडौं फिन्टेक ट्याब ग्लोबलको नेपाल र भुटानका लागि एकमात्र अधिकृत एजेन्ट हुने जनाइएको छ। यसले यहाँका वित्तीय संस्थाहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिनिधित्व गर्न, विश्वस्तरीय तालिम तथा सम्मेलनहरूमा सहभागी गराउन, तथा बैंकिङ नवप्रवर्तनलाई प्रवर्द्धन गर्न मद्दत गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad