कारोबार


आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारको मूल्य बढ्यो

हिजो घटेको अस्ट्रेलियन डलर र युरो झन् सस्तिए
आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारको मूल्य बढ्यो

नेपालखबर
फागुन १७, २०८१ शनिबार ५:१८, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। 

आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य बढेको छ।  अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको मूल्य भने घटेको छ। 

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १ सय ३९ रुपैयाँ ७० पैसा र बिक्रीदर १ सय ४० रुपैयाँ ३० पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १ सय ३९ रुपैयाँ २३ पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ८३ पैसा थियो। 

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। 

राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो १ को खरिददर १ सय ४५ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ८६ पैसा कायम भएको छ। हिजो युरो १ को खरिददर १ सय ४५ रुपैयाँ ८६ पैसा र बिक्रीदर १ सय ४६ रुपैयाँ ४९ पैसा थियो। 

यस्तै आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ७५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १ सय ७६ रुपैयाँ ६० पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ७६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १ सय ७७ रुपैयाँ २३ पैसा थियो। 

त्यसैगरि आज अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८७ रुपैयाँ २० पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ७२ पैसा र बिक्रीदर ८८ रुपैयाँ १० पैसा थियो। 

आज कुबेती दिनार १ को खरिददर ४ सय ५२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४ सय ५४ रुपैयाँ ३० पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४ सय ५१ रुपैयाँ २४ पैसा र बिक्रीदर ४ सय ५३ रुपैयाँ २३ पैसा थियो। 

त्यसैगरि बहराइन दिनार १ को खरिददर ३ सय ७० रुपैयाँ ६६ पैसा र बिक्रीदर ३ सय ७२ रुपैयाँ २५ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ३ सय ६९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३ सय ७१ रुपैयाँ थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad