कारोबार


कम भिजिबिलिटीको कारण ३ जहाज भारत र चीनमा ‘डाइभर्ट’

कम भिजिबिलिटीको कारण ३ जहाज भारत र चीनमा ‘डाइभर्ट’

नेपालखबर
फागुन १६, २०८१ शुक्रबार १२:२०, काठमाडौँ

भिजिबिलिटी कम भएपछि नेपाल आएका तीनवटा जहाज ‘डाइभर्ट’ भएका छन्। 

नेपाल एयरलाइन्स, सिचुवान एयरलाइन्स र कतार एयरवेजको जहाज डाइभर्ट गरिएको हो। 

विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले तीनवटा जहाज डाइभर्ट भइसकेको नेपालखबरलाई जानकारी दिए।  

‘आईएफआरअनुसार विमानको क्याटेगोरीअनुसार कतिपय ११ सय मिटर भिजिबिलिटीमै अवतरण गर्न सक्छन्’, उनले भने, ‘कतिपयलाई भने २८ सय मिटर चाहिन्छ। आन्तरिक उडानको लागि त्रिभुवन विमानस्थलमा कुनै समस्या छैन।’ 

अन्तर्राष्ट्रिय उडानमा भने १६ सय मिटर मात्र भिजिबिलिटी हुँदा कतिपय जहाज अवतरण गर्न नसकेको उनले बताए। 

प्रवक्ता शेर्पाका अनुसार मलेसियाको राजधानी क्वालालम्पुरबाट आएको नेपाल एयरलाइन्सको जहाज भारतको नयाँ दिल्लीमा डाइभर्ट भएको छ।

त्यस्तै, तियाङफुबाट आएको सिचुवान एयरको विमान ल्हासा र दोहाबाट आएको कतार एयरवेजको जहाज भारतको कलकत्ता डाइभर्ट गरिएको छ। डाइभर्ट गरिएको विमानमा परराष्ट्रमन्त्री आरजु राणा रहेको प्रवक्ता शेर्पाले जानकारी दिए। 

यद्यपि ६ वटा अन्य जहाज भने त्रिभुवन विमानस्थलमा अवतरण भइसकेको विमानस्थलले जनाएको छ। 

हिमालय एयरलाइन्स, एयर इन्डिया, विमान बंगलादेश, चाइना साउदर्नलगायत ल्यान्ड भएका हुन्। अहिले विमानस्थलमा भिजिबिलिटी क्रमश: बढिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad