नेपाल टेलिकमले २० रुपैयाँमा एक घण्टासम्म अनलिमिटेड डाटा प्याक सेवा ल्याएको छ। एक घण्टासम्म जति पनि डाटा चलाउन, भ्वाइस कल गर्न वा एसएमएस गर्न सकिने टेलिकमले जनाएको छ।
यो सेवा स्टार १४१५ स्टार ८ ह्यास डायल गरेर लिन सकिने छ।
‘अनलिमिटेड नाइट डाटा प्याक’ अन्तर्गत १८ रुपैयाँमा अनलिमिटेड डाटा राती ११ बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइन्छ । त्यसैगरी ९० रुपैयाँमा ७ दिनसम्म राती ११ बजेदेखि बिहान ६ बजेसम्म लगातार जति पनि डाटा प्रयोग गर्न सकिन्छ। रातको समयमा डाटा चलाउनु पर्ने व्यक्तिहरुका लागि यो प्याक निकै उपयोगी छ।
एक रातका निम्ति ‘अनलिमिटेड नाइट डाटा प्याक’ लिनका लागि स्टार १४१५ स्टार ३ ह्यास मा र ७ रातका लागि लिन स्टार १४१५ स्टार ३ ह्यास २मा डायल गर्नुपर्छ।
3
Shares

प्रतिक्रिया