१८ औँ वार्षिकोत्सवको अवसरमा ग्लोबल आईएमई बैंक लिमिटेडले देशव्यापी प्रभातफेरी गरेको छ।
आम जनमानसमा वित्तीय साक्षरता तथा बैंकिङ सचेतना अभिवृद्धिको लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सातवटै प्रदेशका मुख्यमुख्य शहरहरुमा प्रभातफेरी गरेको हो। 
पुस १८ गतेदेखि ग्लोबल आइएमई बैंक आफ्नो स्थापनाको १८ औं वर्ष पूरा भई १९ औँ वर्षमा प्रवेश गर्दैछ।
काठमाडौंमा आयोजित प्रभातफेरीमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंक सञ्चालक समिति सदस्यहरु, बैंक उच्च व्यवस्थापनसहित कर्मचारीहरुको उपस्थिति रहेको थियो।
वित्तीय साक्षरता तथा बैंकिङ शिक्षामुलक प्लाकार्ड तथा व्यानरसहित प्रभातफेरीमा उपस्थित कर्मचारीहरुले काठमाडौँको कान्तिपथस्थित शाखा कार्यालयबाट हिँड्दै शहरको मुख्य–मुख्य भागको परिक्रमा गरेका थिए।

Shares

प्रतिक्रिया