नेपालले शुक्रबारदेखि तेस्रो देशमा पहिलोपटक बिजुली निर्यात सुरु गरेको छ।
यो सिजनका लागि एक दिनकै लागि मात्र निर्यात भए पनि अर्को सिजनमा जुन १५ देखि नोभेम्बर १५ सम्मै बिजुली बिक्रीको ढोका खुल्ला भएको हो।
नेपाल, बंगलादेश र भारतका ऊर्जामन्त्रीहरुले संयुक्त रुपमा निर्यातको भर्चुअल उद्घाटन गरेसँगै निर्यात सुरु भएको हो।
भारतीय प्रसारणलाइन हुँदै बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली लगेको हो।
नेपालले बिजुली निर्यातमा कोशेढुंगा पार गर्दा भारतले ‘ऐतिहासिक क्षण’ भएको टिप्पणी गरेको छ।
‘ऊर्जा सहकार्यमा ऐतिहासिक क्षण’, भारतीय दूतावास र ऊर्जामन्त्री मनोहर लालको कार्यालयले ट्विटमा भनेको छ, ‘..भारतीय ग्रिडमार्फत नेपालबाट बंगलादेशसम्म हुने पहिलो विद्युत् व्यापारको भर्चुअली उद्घाटन भयो।’
माननीय केन्द्रीय विद्युत मन्त्री तथा @MoHUA_India का मन्त्री श्री @mlkhattar ले भारतीय ग्रिडमार्फत नेपालबाट बंगलादेशसम्म हुने पहिलो विद्युत् व्यापारको भर्चुअली उद्घाटन गर्नुभयो ।@MinOfPower https://t.co/0L8NeocBfs— IndiaInNepal (@IndiaInNepal) November 15, 2024ऊर्जा सहकार्यमा ऐतिहासिक क्षण !
Shares

प्रतिक्रिया