कारोबार


नेक्सजेन म्यानेजमेन्टको नाम परिवर्तन, अध्यक्षमा शाह

नेक्सजेन म्यानेजमेन्टको नाम परिवर्तन, अध्यक्षमा शाह

नेपालखबर
असोज २०, २०८१ आइतबार १६:४६, काठमाडौँ

नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले साधारणसभाबाट नाम परिवर्तन गरेको छ। 

सातौँ वार्षिक साधारणसभाले नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स प्रालि राख्ने निर्णय गरेको हो। 

होटल एलो प्यागोडामा भएको सभाको अध्यक्षता कम्पनीका अध्यक्ष रमेश कुमार भट्टराईले गरेका थिए।  सभाले आ.व.२०८०/८१को वित्तीय विवरण पास गर्दै सेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि पारित गरेको छ।

कम्पनीले भविष्यमा नियामक निकायको स्वीकृति लिएर पोर्टफोलियो म्यानेजमेन्ट तथा प्राइभेट इक्विटी र भेन्चर क्यापिटलको काम समेत गर्ने योजना बनाएको छ।

त्यसैले पुँजीवृद्धि र समान प्रकृतिका कम्पनीहरु मर्जर गर्ने निर्णय समेत गरेको छ।

सभाले आगामी चार वर्षको लागि देवेन्द्र प्रताप शाह, रमेश कुमार भट्टराई, बलराम बिष्ट, अजय कुमार मिश्र र शिवराज (माधव) दवाडीलाई सञ्चालकमा  निर्विरोध मनोनयन गरेको थियो ।

सञ्चालकको मनोनयनपछि सभामा नै सञ्चालकहरुले एक मतले अध्यक्षमा शाहलाई र भट्टराईलाई प्रबन्धसञ्चालकमा मनोनयन गर्ने घोषणा गरेको  छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad