कतार एयरवेजले रद्द भएका टिकट निःशुल्क फेरि बुकिङ गर्न पाउने बताएको छ। कोरोना भाइरसको कारण ७ मार्चअघि जारी भई अप्रिल ३० सम्मका टिकट रि–बुकिङ गर्न पाउने बताएको हो।
एयरवेजलले चीन, हङकङ, इरान, इटालीबाट उड्ने र अवतरण हुनेलाई मे ३१ सम्म बुकिङ गर्नसक्ने उल्लेख गरेको छ। त्यस्तै दक्षिण कोरिया जाने÷आउने १५ मेसम्म र इजिप्टको लागि १ महिना मात्रै पछि सार्न सक्ने बताएको छ।
‘प्रभावित हुने यात्रुले फरक दिन र फरक गन्तव्यको लागि पुनः टिकट बुकिङ गर्नसक्ने वा कुनै शुल्क नकटाई पैसा फिर्ता पाउन सकिने छ,’ एयरलाइन्सले उल्लेख गरेको छ।
माथि उल्लिखित देशबाहेक अन्य देशको लागि यो पोलिसीले कभर नगर्ने बताएको छ ।
प्रतिक्रिया