कारोबार


मौसममा सुधार भएसँगै काठमाडौँसहित ८ वटा विमानस्थल सञ्चालनमा

मौसममा सुधार भएसँगै काठमाडौँसहित ८ वटा विमानस्थल सञ्चालनमा

फाइल तस्बिर


नेपालखबर
असोज १३, २०८१ आइतबार १०:३७, काठमाडौँ

मौसममा सुधार भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य आठवटा विमानस्थलबाट हवाई सेवा सञ्चालन भएको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार आज राति १० बजेसम्म ‘इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स’ (आइएफआर) प्रणालीमा उडान अनुमति दिइएको छ। 

अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान भइरहेका त्रिभुवन विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले नेपालखबरलाई जानकारी दिए। प्रतिकूल मौसमका कारण शुक्रबार र शनिबार चार सयभन्दा बढी उडान रद्द भएका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक एक सय ५० देखि एक सय ६० उडान हुने गरेका छन्। सुर्खेत विमानस्थलबाहेक सबै विमानस्थलबाट अहिले उडान भइरहेको छ। 

यसअघि प्राधिकरणले प्रतिकूल मौसमका कारण शुक्रबार साँझ ७ः०० बजेदेखि शनिबार दिउँसोसम्म सबै आन्तरिक उडान स्थगन गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad