ad ad

कारोबार


प्राधिकरणसँग ६ खर्ब ३२ अर्बको सम्पत्ति, १० प्रतिशत सेयर सर्वसाधारणलाई दिने

प्राधिकरणसँग ६ खर्ब ३२ अर्बको सम्पत्ति, १० प्रतिशत सेयर सर्वसाधारणलाई दिने

नेपालखबर
साउन २५, २०८१ शुक्रबार १६:७, काठमाडौँ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफू नियुक्त भएपछि १ खर्ब रुपैयाँ लगानी गरेको बताएका छन्।

दोस्रो पटक नियुक्तिको ३ वर्ष कार्यप्रगति सुनाउँदै घिसिङले आम्दानी १ अर्ब १६ अर्ब रुपैयाँले बढेको बताएका हुन्। 

घिसिङले पछिल्ला ८ वर्षमा प्राधिकरणले आफ्ना सहायक कम्पनीमार्फत ५६ अर्ब ६८ करोड रुपैयाँ बढी लगानी गरेको बताए। उनले आम्दानी र लगानीको विवरण प्रस्तुत गर्दै प्राधिकरणको नाफा कागजी नभएको दाबी प्रस्तुत गरे। 

‘संवैधानिक निकाय महालेखा परीक्षकको कार्यालयको अन्तिम लेखापरीक्षणबाट देखिएको प्राधिकरणको नाफा कुनै कागजी हैन, आन्तरिक लगानीका लागि एउटा दह्रो स्रोत हो’, घिसिङले भने। 

आर्थिक वर्ष २०७२/०७३ मा उकै वर्ष ८ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरणले त्यसयता खुद नाफामा गएको छ। आर्थिक वर्ष ०७३/०७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा गत आवमा १३ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। ८ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड सञ्चित नाफा पुगेको प्राधिकरणले जनाएको छ। 

‘प्राधिकरणको कुल सम्पत्ति ८ वर्षअघि २ अर्ब ११ अर्ब रुपैयाँ रहेकोमा हाल ६ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ’, उनी भन्छन्, ‘अन्तर्राष्ट्रिय परामर्शदाताबाट सम्पत्तिको वास्तिविक मूल्यांकन भइरहेको छ। यसले अझै बढ्ने देखिन्छ।’

देशभर प्राधिकरणको ४० हजार २ सय रोपनी जग्गाको पहिचान भएको भने गत वर्ष मात्र काठमाडौं उपत्यकाभित्र करिब ७२ रोपनी १२ आना जग्गाको लालपुर्जा प्राप्त भएको छ।

‘प्राधिकरणले देखाएको नाफा ग्राफमा देखिने कोरा अंक मात्र होइन, विद्युत विकासका पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी हुने भरपर्दो स्रोत बनेको छ,’ कुलमान भन्छन्,‘पुँजीको १० प्रतिशत सेयर आम सर्वसाधारणलाई निष्काशन गरी संकलन गरिएको रकम ठूला जलविद्युत् आयोजनाहरुमा लगानी गर्नेतर्फ प्राधिकरण अघि बढेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .