ad ad

कारोबार


प्राधिकरणले बिल दिन नसके गैरकानुनी बक्यौता तिर्न उद्योगी बाध्य छैनन् : अर्थमन्त्री पौडेल

प्राधिकरणले बिल दिन नसके गैरकानुनी बक्यौता तिर्न उद्योगी बाध्य छैनन् : अर्थमन्त्री पौडेल

नेपालखबर
साउन २, २०८१ बुधबार १४:१५, काठमाडौँ

उपप्रधान तथा अर्थमन्त्री विष्णु पाैडेलले  विद्युत् प्राधिकरणले विना प्रमाण उद्योगीसँग विद्युत् महशुलको बक्यौता उठाउन बाध्य पार्न नसक्ने बताएका छन्। 

उद्याेग वाणिज्य महासंघसँग बुधबार छलफल गर्दै मन्त्री पाैडेलले प्राधिकरणले बिल देखाउनुपर्ने बताएका हुन्। 

यदि त्यसो गर्न सक्दैन भने गैरकानुनी बक्यौता तिर्न व्यवसायी बाध्य नहुने अर्थमन्त्री पौडेलको भनाइ छ।

उनले यसकै लागि व्यवसायी फेरि डेलिगेसन आउनु नपर्ने पनि बताए। उद्योगीहरुलाई उनले डेडिकेटेड ट्रक लाइनकाे विषयले डर त्रासले बस्नु नपर्ने आश्वासन दिए।

‘यहाँहरूले बिल माग्नु हुन्छ। बिल दिन सक्दैन भने गैरकानुनी डर मान्नुपर्दैन’, मन्त्री पाैडेलले भने। 

व्यवसायीहरूले निजी क्षेत्रका समस्या समाधान गर्न संयन्त्र बनाउन आग्रह गरेका थिए। त्यसकाे जवाफ दिँदै उनले संयन्त्र बनाउने वा नबनाउने भन्ने ठूला विषय नभएकाे बताए।

नियमित छलफलबाटै समस्या समाधान गर्न सकिने मन्त्री पौडेलको भनाइ थियो।

यो पनि-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .