ad ad

कारोबार


अर्थमन्त्री जाने हल्लाले बुधबार पनि सेयर बजारमा नयाँ रेकर्ड

अर्थमन्त्री जाने हल्लाले बुधबार पनि सेयर बजारमा नयाँ रेकर्ड

नेपालखबर
फागुन १४, २०७६ बुधबार ११:५४,

सेयर बजारमा बुधबार पनि नयाँ रेकर्ड कायम भएको छ। सेयर बाजरमा कारोबार रकम अहिलेसम्मकै उच्च ४ अर्ब १५ करोड ४८ लाख ८३ हजार ९२ रुपैयाँ बराबरको भएको छ।

१ सय ८० कम्पनीको ९९ लाख ६ हजार ९ सय ८९ कित्ता सेयर खरिद विक्री भएको छ। परिसूचक नेप्से पनि ५० दशमलव ९३ अंकले बढेर १ हजार ५ सय ९६ दशमलव १३ अंकमा बन्द भएको छ। सेन्सेटिभ परिसूचक ९ दशमलव ४९ अंकले बढेर ३ सय ३६ दशमलव शुन्य ५ को छ।

बुधबार सेयर बजार समान्य रहने आकलन लगानीकर्ताले गरिरहेका बेला नेपाल कम्युनिष्ट पार्टीले अर्थमन्त्री डा. युवराज खतिवडाको ठाउँमा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेपछि लगानीकर्ता उत्साहित हुँदा कारोबार रकम बढेको देखिन्छ। जसको कारण सेयरको माग बढ्न गई नेप्सेमा पनि उच्च वृद्धि भएको छ।

अर्थमन्त्री खतिवडा लगानीकर्ताले नरुचाइएका अर्थमन्त्री भएका कारण राष्ट्रिय सभाबाट बाहिरिँदा अर्थमन्त्रीबाट समेत बाहिरिनुपर्ने अवस्था आउने र सेयर बजार प्रति विरोधिका रुपमा चिनिएका व्यक्ति बाहिरिदा बजारलाई फाइदा पुग्ने विश्लेषण लगानीकर्ताहरुको छ। जसका कारण केही दिन देखि बजारको कारोबार रकमसँगै नेप्से परिसूचक बढ्दै आएको छ।

बजारमा एभरेष्ट बैंक,राष्ट्रिय बीमा कम्पनी र युनिलिभर नेपालको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने कालिका पावर, गुरास लाईफ इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयर, सिभिल लघुवित्त र जोशी हाइड्रोपावरको सेयर मूल्य पनि ९ प्रतिशत भन्दा बढीले बढेको छ। बजारमा उच्च वृद्धि भए पनि राधी विद्युत कम्पनीका सेयरधनीले ८ दशमलव २९ प्रतिशतले गुमाएका छन्।

बजारमा सबै समुहका सूचकहरु बढेका छन्। सबैभन्दा बढी जीवन बीमा समुहको सूचक ६ दशमलव १२ प्रतिशतले बढेको छ। बैंकिङ समुह पनि ३ दशमलव ८६ प्रतिशतले बढेको छ। उत्पादन तथा प्रशोधन समुह ४ दशमलव ६३ प्रतिशत, होटल समुह ३ दशमलव ७७, निर्जीवन बीमा समुह ४ दशमलव १८ प्रतिशतले बढेको छ।

नेपाल लाइफ इन्स्योरेन्सको कारोबार सबैभन्दा धेरै २१ करोड ९९लाख ४७ हजार २ सय ५७ रुपैयाँको भएको छ। शिवम सिमेन्टको साढे १८ करोड रुपैयाँको कारोबार भएको छ। १० करोड भन्दा माथि कारोबार हुने ८ कम्पनी रहेका छन्।

बजारमा ठुला लगानीकर्ताको प्रवेश हुन थालेपछि कारोबार रकम बढेको र साना लगानीकर्ताले पनि ठुला लगानीकर्ताको पछि लागेको देखिएको छ। त्यस्तै सेयर धितोमा बैंक तथा वित्तीय संस्थाहरुले पनि सजिलै कर्जा उपलब्ध गराउन थालेपछि बजारमा कारोबार बढेको देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .