कारोबार


दराजको एप्पी शपिङ अभियान घोषणा, यस्ता छन् फाइदाहरु

दराजको एप्पी शपिङ अभियान घोषणा, यस्ता छन् फाइदाहरु

नेपालखबर
फागुन १२, २०७६ सोमबार १०:२१,

एपमा किनमेल गर्न अझै रमाइलो बनाउने उद्देश्यले नेपालको बृहत् अनलाइन शपिङ साइट दराजले एप्पी शपिङको साथ २०२० को पहिलो किनमेल अभियान घोषणा गरेको छ।

फेब्रुअरी २५ देखि मार्च २ सम्म हुने एप्पी शपिङ १ हप्तासम्म जारी रहनेछ। दराजका अनुसार लामो अभियानले ग्राहकहरुलाई अनेक मनोरञ्जनात्मक सुविधाहरूकोे माध्यमबाट रमाइलो र अन्तक्र्रियात्मक एप अनुभव पुर्याउनेछ। दराजको अन्तक्र्रियात्मक गेम जोनले एप प्रयोगकर्ताहरूलाई रोमाञ्चक खेलहरू खेल्न र अद्भुत उपहार जित्ने अवसर प्रदान पनि गर्ने कम्पनीले जनाएको छ।

यसबाहेक, वन रुपी गेम, मिशन गेम, र शेक शेकजस्ता आकर्षणहरू पनि छन्। प्रयोगकर्ताहरूले दराजको शेकशेक गेममार्फत थप छुट प्राप्त गर्नेछन्। यसबाहेक कपडा, क्यामेरा, फोन, इलेक्ट्रोनिक्स, सौन्दर्य उत्पादनहरू, र अन्य उत्पादनहरूमा भारी छुट प्रदान गर्दै क्रेजी फ्ल्यास सेल्स विशेष समयमा आयोजित हुने दराजले जनाएको छ।

दराजका प्रबन्धनिर्देशक लिनो अलरिंगले भने, ‘हामीले २०२० भरि आयोजना गर्न चाहेको थुप्रै अभियानहरूमध्ये यो पहिलो अभियान हो। यस अभियानको माध्यमबाट हामी हाम्रा ग्राहकहरूको एप अनुभवलाई बढी अन्तरक्रियात्मक र रमाइलो बनाउन चाहन्छौं।’

यो एप अभियानमार्फत दराजले मेगा डिलहरू प्रदान गर्नेछ। यसअन्तर्गत धेरै उत्पादनहरूमा ६० प्रतिशतसम्मको छुट हुनेछ । यसबाहेक, प्रयोगकर्ताहरूले क्रेजी भाउचरहरूको प्रयोग गरी सामानहरूका मूल्यहरूमा अझै धेरै छुट लिन सक्छन्।, साथै यस अभियानमा दराजले निःशुल्क वितरण, उपहारहरु, बन्डल अफरहरू, र अधिक धेरै आकर्षणहरु प्रस्तुत गर्नेछ।

यीबाहेक, ग्राहकहरूले दराजको बैंकिंग साझेदारहरूको डेबिट र क्रेडिट कार्डहरू प्रयोग गरी पूर्व भुक्तानी गरेमा थप छुटको मज्जा लिन सक्छन् । दराजको बैंकिंग साझेदारहरू नबिल बैंक, स्टेनडर्ड चार्टर्ड बैंक, सिद्धार्थ बैंक, र एनआईसी एशिया बैंक हुन्। प्रत्येक बैंकले हप्ताभरि विशेष दिनहरूमा छुट प्रदान गर्ने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad