राष्ट्रिय योजना आयोगले १६औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ।
यसअनुसार समृद्धिका १० राष्ट्रिय लक्ष्य रहेका छन्। त्यसमा साक्षरता दर (५ वर्षमाथि) गत आवमा ७६.२ प्रतिशत रहेकामा त्यसलाई ५ वर्षभित्र ८५ प्रतिशत पु¥याइने लक्ष्य राखिएको छ।
त्यसैगरी १६औँ पञ्चवर्षीय योजनाले बेरोजगारी दर ह्वात्तै घटाउने महत्त्वाकांक्षी लक्ष्य राखेको छ। गत आव (२०७९/८०) मा ११.४ प्रतिशत रहेकामा ५ प्रतिशतमा झारिने लक्ष्य छ।
त्यसैगरी श्रम उत्पादकत्व गत आवमा २ लाख ४५ हजार रहेकामा २ लाख ७५ हजार पुर्याइने लक्ष्य छ। सडक घनत्व गत आवमा ०.६३ किमि प्रतिवर्ग किमि रहेकामा ०७७ किमि प्रतिव.कि.मि. पुर्याइने लक्ष्य राखिएको छ।
यता विद्युत् उत्पादन (जलविद्युत तथा वैकल्पिक ऊर्जा जडित क्षमता) गत आवसम्म २ हजार ९ सय ६२ मेगावाट रहेकामा त्यसलाई ११ हजार ७ सय ६९ मेगावाट पुर्याउने लक्ष्य छ।
प्रतिव्यक्ति विद्युत् उपभोग गत आवमा ३८० किलोवाट घण्टा रहेकामा ७ सय किलोवाट घण्टा पुर्याउने लक्ष्य छ।
गत आवसम्म ९६.७ प्रतिशत जनसंख्यामा पुगेको विद्युत् पहुँच आगामी ५ वर्षमा शतप्रतिशत पुर्याउने लक्ष्य छ।
त्यसैगरी गत आवसम्म ६९.२ प्रतिशत जनसंख्यामा पुगेको इन्टरनेट पहुँचलाई पनि ९० प्रतिशतमा पुर्याउने लक्ष्य राखिएको छ।
योजना आयोगका अनुसार १६औँ योजनाले गत आवसम्म ३.३ मेट्रिक टन रहेको प्रतिहेक्टर कषि वस्तुको औसत उत्पादकत्व (प्रमुख बाली)लाई ३.७ मे.ट. प्रतिहेक्टर पुर्याउने लक्ष्य छ।
यता बैंक तथा वित्तीय संस्थामा पहुँच पुगेको परिवार ६३ प्रतिशत रहेकामा त्यसलाई आगामी ५ वर्षमा ८५ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ।
Shares
प्रतिक्रिया