ad ad

कारोबार


विश्वका डलर अर्बपतिको नयाँ सूची सार्वजनिक, विनोद चौधरी कति नम्बरमा?

विश्वका डलर अर्बपतिको नयाँ सूची सार्वजनिक, विनोद चौधरी कति नम्बरमा?

अर्बपतिहरूको तस्बिर फोर्ब्स पत्रिकाबाट


नेपालखबर
चैत २१, २०८० बुधबार ८:१३, काठमाडौँ

अमेरिकाको प्रसिद्ध पत्रिका फोर्ब्सले विश्वका अर्बपतिहरूको नयाँ सूची सार्वजनिक गरेको छ।

जसमा विश्वमा अर्बपतिको संख्या २ हजार ७८१ छ। जुन गत वर्षको भन्दा १४१ जना बढी हो। 

फोर्ब्सका अनुसार विश्वका डलर अर्बपतिहरूको कूल सम्पत्ति १४.२ ट्रिलियन डलर पुगेको छ। 

यस वर्ष पनि सर्वाधिक अर्बपति भएको देशमा अमेरिका नै पहिलो स्थानमा छ।

अमेरिकामा अर्बपतिको संख्या ८ सय १३ छ। यसपछि सबैभन्दा धेरै अर्बपति चीनमा ४ सय ७३ जना छन्। 

अर्बपतिको संख्यामा भारत तेस्रो स्थानमा छ। जहाँ अहिले २ सय जना अर्बपति छन्। 

यसैबीच विश्वका अर्बपतिको सूचीमा यस वर्ष नेपालका उद्यमी विनोद चौधरी १७ सय ६४औँ स्थानमा परेका छन्। 

नेपालका एकमात्र डलर अर्बपति चौधरीको सम्पत्ति कूल १ अर्ब ८ करोड अमेरिकी डलर छ।

गत वर्ष चौधरी १६ सय ४७औँ स्थानमा थिए।

यी हुन् विश्वका शीर्ष २० अर्बपति-

१. बर्नार्ड आर्नल्ट : लुइस भिटन तथा सेफोरालगायत फेसन तथा कस्मेटिक ब्रान्डका मालिक बर्नार्ड आर्नल्ट यस वर्ष पनि विश्वका अर्बपतिको सूचीमा पहिलो नम्बरमा परेका छन्। यी फ्रेन्च अर्बपतिको कूल सम्पत्ति २ खर्ब ३३ अर्ब डलर छ।

२. एलन मस्क : सामाजकि सञ्जाल एक्स, स्पेस एक्स तथा टेस्लाका मालिक एलन मस्क दोस्रो नम्बरमा छन्। उनको कूल सम्पत्ति १ खर्ब ९५ अर्ब डलर छ।

३. जेफ बेजोस : तस्रो नम्बरमा रहेका अमेजनका संस्थापक बेजोसको कूल सम्पत्ति १ खर्ब ९४ अर्ब डलर छ।

४. मार्क जुकरबर्ग : चौथाे नम्बरमा रहेका फेसबुकका संस्थापक जुकरबर्गको कूल सम्पत्ति १ खर्ब ७७ अर्ब डलर छ।

५. ल्यारी इलिसन : पाँचाैँ नम्बरमा रहेका ओरेकलका संस्थापक इलिसनको कूल सम्पत्ति १ खर्ब ४१ अर्ब डलर छ।

६. वारेन बफेट : वित्त तथा लगानी क्षेत्रका टाइकुन वारेन बफेटको कूल सम्पत्ति १ खर्ब ३३ अर्ब डलर छ।

७. बिल गेट्स : सातौँ नम्बरमा रहेका माइक्रोसफ्टका संस्थापक बिल गेट्सको कूल सम्पत्ति १ खर्ब २८ अर्ब डलर छ।

८. स्टिभ बाल्मर : माइक्रोसफ्टका पूर्वसीईओ बाल्मरसँग कूल सम्पत्ति १ खर्ब २१ अर्ब डलर छ।

९. मुकेश अम्बानी : नवौँ नम्बरमा रहेका अर्बपति भारतीय उद्यमी अम्बानीसँग कूल सम्पत्ति १ खर्ब १६ अर्ब डलर छ। एसियाका सबैभन्दा धनी व्यक्ति उनी रिलायन्स कम्पनीका मालिक हुन्। 

१०. ल्यारी पेज : विश्वका टपटेन अर्बपतिमा पर्न सफल गुगलका संस्थापक ल्यारी पेजको कूल सम्पत्ति १ खर्ब १४ अर्ब डलर छ।

११. सर्गेइ ब्रिन : गुगलका सहसंस्थापक ब्रिनको कूल सम्पत्ति १ खर्ब १० अर्ब डलर छ।

१२. माइकल ब्लुम्बर्ग : अर्बपतिको सूचीमा १२ नम्बरमा रहेका वित्त तथा लगानी क्षेत्रका अर्बपति ब्लुम्बर्गको कूल सम्पत्ति १ खर्ब ६अर्ब डलर छ।

१३. अमान्सियो ओर्टेगा : स्पेनका फेसन तथा रिटेल क्षेत्रका ओर्टेगाको कूल सम्पत्ति १ खर्ब ३ अर्ब डलर छ।

१४. कार्लोस स्लिम हेलु : टेलिकम कम्पनी अमेरिका मोविलका मालिक मेक्सिकन अर्बपति हेलुको कूल सम्पत्ति १ खर्ब २ अर्ब डलर छ।

१५. फ्रान्कोइस बेटेनकोर्ट मेयेर्स : एल ओरियल ब्रान्डका मालिक फ्रेन्च नागरिक मेयेर्सको कूल सम्पत्ति ९९ अर्ब ५० करोड डलर छ।

१६. माइकल डेल : १६औँ नम्बरमा रहेका डेल टेक्नोलोजी कम्पनीका अध्यक्ष तथा सीईओ माइकल डेलको कूल सम्पत्ति
९१ अर्ब डलर छ।

१७. गौतम अदानी : चर्चित अदानी ग्रुपका अध्यक्ष अदानीसँग ८४ अर्ब डलर सम्पत्ति छ।

१८. जिम वाल्टन : फेसन तथा रिटेल क्षेत्रका उद्यमी वाल्टनको कूल सम्पत्ति ७८ अर्ब ४० करोड डलर छ।

१९. रब वाल्टन : वाल्टन वालमार्टका संस्थापक साम वाल्टनका जेठा छोरा हुन्। उनको कूल सम्पत्ति ७७ अर्ब ४० करोड डलर छ।

२०. जेन्सेन हुआङ : विश्वका शीर्ष २० अर्बपति बन्न सफल जेन्सेन ग्राफिक्स चिप मेकर कम्पनी एनभिडियाका संस्थापक तथा सीईओ हुन्। उनको कूल सम्पत्ति ७७ अर्ब डलर छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .