ad ad

कारोबार


अमेरिकी लगानीको कोटीभीटी नेपालविरुद्ध ५ अर्ब १८ करोडको मुद्दा

अमेरिकी लगानीको कोटीभीटी नेपालविरुद्ध ५ अर्ब १८ करोडको मुद्दा

फाइल तस्बिर


नेपालखबर
चैत १८, २०८० आइतबार १६:५०, काठमाडौँ

राजस्व अनुसन्धान विभागले अमेरिकी लगानीको आइटी कम्पनी कोटीभीटी नेपाल प्रालिविरुद्ध मुद्दा दर्ता गरेको छ। 

कोटीभीटी नेपालविरुद्ध विभागले आइतबार कर छली अभियोगमा उच्च अदालत पाटनमा मुद्दा दर्ता गराएको हो। 

राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ३ ले निषेध गरेको कार्य गरी त्यही ऐनको दफा ४ को (क), (ग), (च) र (झ) बमोजिमको कसुर गरेको दाबीसहित उक्त कम्पनीविरुद्ध मुद्दा दर्ता गरिएको छ।

विभिन्न आर्थिक वर्षमा सेयर स्वामित्वमा परिवर्तन भएको देखिए पनि कम्पनीको सेयर स्वामित्वमा भएको परिवर्तनअनुसार मध्यमस्तरीय करदाता कार्यालयलगायत निकायमा प्रचलित कर कानुनबमोजिम बुझाउनुपर्ने आयकर ऐन, २०५८ बमोजिमको कर तथा मूल्य अभिवृद्धि ऐन, २०५२ बमोजिमको कर राजस्व दाखिला नगरेको पाइएको विभागले जनाएको छ।

मुख्य कम्पनीको लागि व्यवसायिक कारोबार गर्ने, मुख्य कम्पनीको व्यवसायिक प्रतिनिधित्व गर्ने तथा मुख्य कम्पनीको नेपालस्थित कानुनी रुपमा मान्य प्रतिनिधिसमेत देखिँदा मूल्य अभिवृद्धि कर ऐन, २०५२ को अनुसूची–२ को दफा २ (क) आकर्षित हुने नदेखिएको सन्दर्भमा कर असुल गर्नुपर्नेमा असुल गरेको नदेखिएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ (क) र ७ (ख) आकर्षित हुने देखिएकोले राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा १० को उपदफा (३) बमोजिम थप अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखी पठाउने निर्णयसमेत भएको विभागले जनाएको छ। 

विभागले ४ अर्ब ७६ करोड राजस्व चुहावट कसुर पुष्टि भएको भन्दै कुल  बिगो रकम ५ अर्ब १८ करोड कायम गरी मुद्दा चलाएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .