ad ad

कारोबार


अब निर्माण व्यवसायीको भुक्तानी रोकिँदैन : प्रधानमन्त्री प्रचण्ड

अब निर्माण व्यवसायीको भुक्तानी रोकिँदैन : प्रधानमन्त्री प्रचण्ड

नेपालखबर
चैत १६, २०८० शुक्रबार १६:०, हेटाैँडा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब निर्माण व्यवसायीको भुक्तानी नरोकिने बताएका छन्।

शुक्रबार हेटौंडामा नेपाल निर्माण व्यवसायी महासंघको २५ औं साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले निर्माण व्यावसायीको भुक्तानी नरोकिने बताएका हुन्।

पूर्वअर्थमन्त्री प्रकाश शरण महततर्फ इंगित गर्दै उनले प्रधानमन्त्री एकातिर कुद्न चाहने अर्थ मन्त्रालय अर्कोतिर कुद्न चाहने हुँदा निकै जटिल भएको बताए।

उनले भने, ‘तर पनि मैले निकै बल गरेर निर्माण व्यवसायीहरूको समस्या समाधान गर्न भुक्तानीको स्थितिलाई समाधान गर्ने पहल गरेकै थिएँ। अब भने सबै मिलिसक्यो। दल मिल्दा सबैको समस्या मिलिसकेको छ। अब निर्माण व्यावसायीको भुक्तानी कुनै पनि हालतमा उपलब्ध हुन्छ।’

प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारले संसदमा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिसकेको बताए। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको घनिभूत तयारी भइरहेको बेला निर्माण व्यवसायीको सभाको विशेष अर्थ र महत्व रहेको समेत बताए।

पूर्वाधार विकासमा राज्यले लिएका नीति व्यवसायीहरूको भूमिका विद्यमान चुनौती र आगामी दिनमा चाल्नुपर्ने कदमका बारेमा यो सभाले महत्वपूर्ण फिडब्याक दिने उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .