ad ad

कारोबार


अर्थमन्त्री पुनको पहिलो निर्णय : जलवायुमा कम क्षति गर्ने देशलाई अधिक सहयोगका लागि अपिल गर्ने

अर्थमन्त्री पुनको पहिलो निर्णय : जलवायुमा कम क्षति गर्ने देशलाई अधिक सहयोगका लागि अपिल गर्ने

नेपालखबर
फागुन २३, २०८० बुधबार २१:१५, काठमाडौँ

अर्थमन्त्री वर्षमान पुनले पदभार ग्रहण गरेका छन्।

बुधबार अर्थमन्त्रीको शपथ लिएपछि अर्थमन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन्।

त्यसक्रममा उनलाई मन्त्रालयका कर्मचारीहरूले स्वागत गरे।

पदभार ग्रहणपछि पहिलो निर्णयमा हस्ताक्षर गर्दै मन्त्री पुनले जलवायुको क्षेत्रमा कम क्षति गर्ने देशले अधिक सहयोग तथा लाभ पाउने गरी अन्तर्रास्ट्रिय स्तरमा सहयोगको अपिल गर्ने बताए।

यस्तो छ निर्णय
जलवायुकाे क्षेत्रमा कम क्षति गर्ने देशले अधिक सहयाेग तथा लाभ पाउने गरि अन्तर्रास्ट्रिय स्तरमा सहगाेग अपिल गर्ने निर्णय

जलवायु वित्त र नेपाल

•    नेपालका सम्माननीय प्रधानमन्त्रीज्यूको निमन्त्रणामा संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण र नेपालमा जलवायु परिवर्तनको असर सम्बन्धी विषयमा विश्वव्यापी ध्यानकर्षण।

•    कोप २८ मा सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा नेपालमा जलवायुको परिवर्तनको असर र माउण्टेन एजेन्डा सम्बन्धी विषयमा कोपमा छलफल तथा पहिलोपटक माउण्टेन एजेन्डाको कोप २८ को सम्मेलनमा सम्बोधन।

•    कोप सम्मेलनमा सम्माननीय प्रधानमन्त्रीज्यूबाट जलवायु वित्तमा अधिकारमुखि अवधारणा सहित पहुच स्थापित गर्ने  र जलवायु न्याय सम्बन्धी विषयको उठान।

•    नेपालमा जलवायु परिवर्तनले गरेको असरको सम्वोधन गर्ने आयोजना र कृयाकलापमा आवश्यक पर्ने स्रोत र हाल नेपालले प्राप्त गरेको जलवायु वित्त विच ठुलो खाडल रहेको। नेपालले हालसम्म न्यूनमात्र जलवायु वित्त प्राप्त गर्न सकेको।

•    जलवायु वित्त सम्बन्धी अन्तर्राष्ट्रिय कोष तथा सुविधामा पहुच स्थापित गर्न सम्बन्धित कोषहरुमा पहुच, छलफल तथा वार्ता, राष्ट्रियस्तरमा तयारी, क्षमता विकास, आवश्यक पहलकदमी र  गुणस्तरीय आयोजना तयारीमा जोड दिने।

•    जलवायु कोषबाट प्राप्त हुने अनुदान तथा सहुलीयतपुर्ण सहायतालाई उत्पादनशिल र दिगो पूर्वाधार आयोजनाको ठोस कृयाकलापमा केन्द्रित गर्ने गरी प्रस्ताव तयार गर्न विषयगत मन्त्रालय र सम्बन्धित दातृ निकायलाई मार्गनिर्देश गर्ने।

•    Green Climate Fund (GCF) को Country Program पाइपलाइनमा रहेका आयोजनाहरुको अद्यावधिक गर्ने।

•    Green Climate Fund (GCF) मार्फत संचालन हुने आयोजनाहरुलाई दिगो पुर्वाधारयुक्त बनाउन सम्बन्धित विषयगत मन्त्रालय र दातृनिकायहरुलाई मार्गनिर्देश गर्ने।

•    Climate Fund हरुबाट प्राप्त हुने स्रोत (Grand तथा Concessional Loan) लाई Blended गरि सरकारी तथा निजी क्षेत्रहरुलाई समेत परिचालन गर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .