ad ad

कारोबार


सत्ता गठबन्धन फेरबदलले सेयरबजारमा उछाल, तेस्रो सर्किटपछि कारोबार बन्द

सत्ता गठबन्धन फेरबदलले सेयरबजारमा उछाल, तेस्रो सर्किटपछि कारोबार बन्द

नेपालखबर
फागुन २१, २०८० सोमबार १२:२४, काठमाडौँ

सेयरबजारमा तेस्रो पटक सर्किट ब्रेक भएको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार बजार खुलेको ३ मिनेटमै ४ प्रतिशतले बढेपछि २० मिनेटका लागि बन्द भएको बजार ११ः२३ मा पुनः खुलेको थियो। 

त्यसपछि फेरि ११ः२४ मा ५ प्रतिशतले बढेपछि ४० मिनेटका लागि बन्द भएकोमा १२ः०४ मा खुले पनि ६ प्रतिशतले बढेपछि आजका लागि कारोबार बन्द भएको छ। 

नेप्सेका निर्देशक तथा प्रवक्ता मुराहरी पराजुलीले आजका लागि सेयर कारोबार बन्द भएको जानकारी दिए। 

तेस्रोपटक सर्किट लागेसँगै पूरै दिनको कारोबार रद्द भएको हो। 

मौजुदा सत्ता गठबन्धन टुटेर नयाँ वाम नेतृत्वको गठबन्धन बन्ने भएपछि सेयरबजारमा उछाल आएको हो। योसँगै नेप्से तेस्रो सर्किट लाग्नुअघि ११७.७० अंकले बढेको छ। 

६ प्रतिशतले बढेसँगै सूचक २०७८ विन्दुमा पुगेको छ। 

योसँगै आज ९ लाख ३४ हजार ९ सय १९ कित्ता सेयर बिक्री भएको छ। नेप्सेका अनुसार कुल ३७ करोड ५२ लाखको सेयर कारोबार भएको छ। 

आज २ वटा कम्पनीको मात्रै सेयर मूल्य घटेको छ भने २३० कम्पनीको बढेको छ। आज ४१ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।  

कस्तो अवस्थामा समयअगावै बन्द हुन्छ सेयरबजार?
प्रत्येक दिन सेयरको प्रथम कारोबार हुँदा उक्त सेयरको अघिल्लो दिन कायम भएका अन्तिम मूल्यको ५ प्रतिशत र त्यसपछिका कारोबारहरुका लागि २ प्रतिशतसम्म मात्र घटिबढी हुने गरी कारोबार हुन्छ।

डिबेन्चर भएमा प्रत्येक दिन प्रथम कारोबारमा ०.२ प्रतिशत र त्यसपछिका कारोबारहरुमा ०.१ प्रतिशतसम्मको दरले मूल्य परिवर्तन हुन सक्छ।

यसैगरी कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनट, दोस्रो घण्टामा ५ प्रतिशतले घटे वा बढेमा ४० मिनेट र तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार स्थगन गर्ने गर्दछ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .