ad ad

कारोबार


५० लाख खर्चेर सार्वजनिक स्थलमा भित्ते चित्र लेखन गर्दै काठमाडौं महानगर

५० लाख खर्चेर सार्वजनिक स्थलमा भित्ते चित्र लेखन गर्दै काठमाडौं महानगर

नेपालखबर
फागुन १७, २०८० बिहिबार १४:५५, काठमाडौँ

काठमाडौँ महानगरपालिकाभित्रका सार्वजनिक स्थलहरुको सुन्दरताका लागि भित्ते चित्र लेखन हुने भएको छ। 

यसका लागि महानगरपालिकाको सार्वजनिक निर्माण विभाग र ललितकला प्रज्ञा प्रतिष्ठानबिच सम्झौता भएको छ। 

विभागका प्रमुख सुरज शाक्य र प्रतिष्ठानका उप–प्रशासन प्रमुख कमलमणि काफ्लेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। 

सम्झौताबमोजिम स्वीकृत भएका डिजाइन र स्थानहरुमा प्रतिष्ठानले भित्ते चित्र बनाइनेछ। यो काम २०८१ जेठ मसान्तसम्ममा सम्पन्न गरिनेछ।

भित्तेचित्र बनाउन प्रतिष्ठानले स्थान र क्षेत्रफलसहितको कार्ययोजना पेश गर्नेछ। स्वीकृत कार्ययोजनाका आधारमा काम हुनेछ। 

चित्र बनाउन प्रतिष्ठानले व्यक्ति र संस्थाहरुसँग सम्झौता गरेर काम लगाउन सक्नेछ। यसरी काम लगाउँदा सम्झौता गर्ने, कार्यादेश दिने, मूल्याङ्कन गर्ने, भुक्तानी गर्ने, जवाफदेहिता वहन गर्ने दायित्व प्रतिष्ठानकै हुनेछ। यसका लागि महानगरपालिकाले ५० लाख रुपैयाँ उपलब्ध गराउनेछ। 

सम्झौता भएपछि ६० प्रतिशत (३० लाख रुपैयाँ) र कार्य सम्पन्न भइसकेपछि ४० प्रतिशत (२० लाख रुपैयाँ) प्रदान गरिने सम्झौतामा उल्लेख छ। प्रतिष्ठानले कार्ययोजना बनाउँदा सम्झौतामा उल्लेख भएको रकमबमोजिकको बनाउनुपर्नेछ।   

विभागका अनुसार माइतीघरबाट बबरमहल जाँदा दायाँतर्फको भित्ता, प्रदर्शनी मार्गका भित्ताहरु, अन्तर्राष्ट्रिय विमानस्थलबाहिर, बानेश्वर, मीनभवन भित्ता, लैनचौर समाजकल्याण परिषद्को भित्ताहरु चित्त लेखनका लागि स्वीकृत भएका छन्।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .